इतिहास भजाएर मात्रै काङ्ग्रेसलाई अब जनताले विश्वास नगर्ने भन्दै गर्जिए काङ्ग्रेस नेता सिंह

[mashshare]

नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले इतिहास भजाएर मात्रै काङ्ग्रेसलाई अब जनताले विश्वास नगर्ने बताउनुभएको छ । “काङ्ग्रेसले आफूलाई विधिअनुसार नचलाएमा, नयाँ संरचनामा नलगेमा र आन्तरिक कलह समाप्त नपारेसम्म जनताको मन जित्न सम्भव छैन्”, उहाँले भन्नुभयो, “इतिहासलाई भजाएर मात्रै हुँदैन, हामी आफू पनि सच्चिन तयार हुनुपर्छ ।

” महामन्त्रीसमेत रहनुभएका नेता सिंहले वीरेन्द्रनगरमा आज आयोजित कार्यकर्ता भेटघाटमा पार्टीभित्र सुधार गरेर विधिबमोजिम सञ्चालन गरिएमात्र काङ्ग्रेस एक ढिक्का हुुने बताउनुभयो । काङ्ग्रेसले नै संविधान जारी गर्दा नेतृत्वदायी भूमिका निर्वाह गरेकाले त्यसको पालना र रक्षा गर्ने प्रमुख दायित्व पनि काङ्ग्रेसकै भएको उहाँको भनाइ थियो ।

प्रदेशका मुख्यमन्त्रीले नै काम गर्ने वातावरण नभएको भनी गरेका टिप्पणीले वर्तमान सरकार संविधान कार्यान्वयनको पक्षमा नरहेको प्रष्ट भएको आरोप नेता सिंहले लगाउनुभयो । उहाँले गाउँ जागरण अभियानका क्रममा कार्यकर्ताले पार्टीभित्र संस्थागत सुधार गर्नुपर्ने, आन्तरिक कलह मेटाउनुपर्ने जस्ता सुझाव आएको हुँदा नेतृत्वतह सजक हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । कार्यकर्ता भेटघाट कार्यक्रममा पार्टी केन्द्रीय सदस्य हृदयराम थानी, खड्गबहादुर बस्याल, जिल्ला सभापति कमलराज रेग्मी लगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close