मोहनी नखः मा शुभकामना दिदै मेयरको उम्मेदवारी घोषणा

मोहनी नखः मा शुभकामना दिदै मेयरको उम्मेदवारी घोषणा

धरान र नेवा देय दबुको रजत जयन्ती,मोहनी नख,नेपाल सम्बत,लगायतको अवसरमा शुभकामना आदानप्रदान गरेको छ । शुभकामना आदानप्रदान कै क्रममा नेवा देय दबु सुनसरी जिल्ला अध्यक्ष तिर्थ मास्केले धरानमा उपमहानगरको मेयर पदमा उप चुनाब हुन लागेको भन्दै त्यसका लागि आफुले उम्मेदवारी दिने भन्दै साथ र सहयोग मागे ।

शुभकामना कै अवसर पारेर आजकै दिनमा उम्मेदवारी दिने घोषणा गरे । आफू जातिले नेवारी भए पनि राजनीतिक रुपमा नेकपामा आस्था रहेको बताए । धरान पहिलो राई दोस्रो लिम्बुपछी नेवारको जनसंख्या रहेको भन्दै आफ्नो उम्मेदवारीको लागि पार्टीमा लाने घोषणा गरे । उनले नेपाल सम्बत नेवारको नभै राष्ट्रको सम्बत भएको बताए । नेवारी समुदायको गतिविधि समेटिएको पत्रिका प्रकाशन गर्न लागेको भन्दै आ आफ्ना लेख रचना र गतिविधि उपलब्ध गराउन आग्रह गरे ।

धरान उपमहानगर १ स्थित धुलिखेल समाज भवनमा मंलबार धरानमा रहेका नेवा पुच खलका प्रतिनिधि समुदाय तथा नेपाल आदिवासी जनजाति नगर महासंघमा आवद्ध रहेका विभिन्न जातीय संस्थाका प्रतिनिहरुका उपस्थिति रहेको थियो । शुभकामना आदानप्रदानको कार्यक्रमलाई प्रमुख अतिथि भाषा तथा संस्कृति बिद बालकृष्ण हलवाईले दशै नेवारी जातिको चाड नभएको स्पष्ट पारे ।

‘बरु नेवारी समुदायको म्ह पुजा मौलिक पुजा रहेको बताए। पृथ्वीनारायण शाहले उपत्यका बिजयपछी भाई भारदार सहित बोलाएर सुझाब सल्लाह लिँदा हामी हार स्वीकार गछौं, तर हाम्रो संस्कृति मर्न दिदैनौ भनेपछि कुमारी देबिको निरन्तरता मच्छिन्द्रनाथको रथ यात्रा,भोटो जात्रा लगायत आजसम्म रहेको छ’ उनले भने । ‘पृथ्वीनारायण शाहले कुमारी देबिकोमा गएर तरबार राखी ढोगेको बताए।उनले अन्य राजाले पनि एबम रुपले तरवार नयाँ लगेर पुरानो ल्याउने प्रचलन रहेको हो’ जसलाई खड्ग साट्ने भनिने उनको तर्क थियो ।

नेपाल आदिवासी जनजाति नगर महासंघ धरानका अध्यक्ष सुबास हुक्पाचोङ्बाङले शुभकामना दिदै पृथ्वी नारायण शाहले उपत्यका आक्रमण गर्नुअघि आदिवासी अस्तित्व रहेको तर दशै नेवारको चाड हो या होईन आफू अनभिज्ञ रहेको बताए । ‘धरानमा नेवारी पर्वको लागि सार्वजनिक बिदाको माग धरान उपमहानगर मा उठाएको स्मरण गर्दै यदि दशै तिहार नेवारको चाड हो भने योमरी पुन्ही लाखे जात्रमा सार्वजनिक बिदा माग्नुको औचित्य छैन’ उनले स्पष्ट पारे । दशै तिहारको सट्टा नेपाल सम्बत,योमरी पुन्ही लगायत चाडको अवसर पारेर शुभकामना आदानप्रदान गरेको भए राम्रो हुने हुक्पाचोङ्बाङको धारण थियो ।

शुभकामना दिदै बेवा देय दबुका केन्द्रिय सदस्य अनिल मास्केले जिल्ला अध्यक्ष तिर्थ मास्केको मेयर पदको उम्मेदवारीलाई समर्थन गर्दै कहिलेसम्म पार्टीको झोला बोकेर नेवारहरु झोले बनिरहने भनेर प्रश्न गरे । ‘तेस्रो जनसंख्या रहेको नेवारको धरानमा नाम निशान आज सम्म न आएको बताए । उनले पार्टीमा टिकटको लागि अगाडि बढन भन्दै खुट्टा नकमाउन आग्रह गरे।नेवा देयको संगठन ६० जिल्लामा सकिएको भन्दै सातौ राष्ट्रिय महाधिवेशनको तयारिमा छौं’ उनले भने ।

‘नेपाल सात प्रदेशको संरचनामा छ दबुको आगामी महाधिवेशनमा उपत्यकाको तीन जिल्लालाई स्वनिध प्रदेश बनाएर आठौं प्रदेशको संरचनामा महाधिवेशन हुने’ उनको दावी थियो । महाधिवेशनमा बिधान समेत संशोधन गर्न सुझाव सल्लाह आवश्यक भएकाले सही सुझाव सल्लाह दिन मास्केले आग्रह गरे ।

शुभकामना आदानप्रदानलाई समापन गर्दै नेवा देय दबुको धरान नगर अध्यक्ष मनोहर शाक्यले अग्रजले छाडेको संस्कृति परम्परालाई क्रमिक रुपमा अगाडि लानुपर्ने भन्दै नेवारी समुदायकै मोहनी पर्वको रुपमा नै मानिदै आएको बताए । जहाँ नेवार त्यहाँ भिमसेन भनिएको तर त्यो भिमसेन हिन्दुको महाभारतको भिमसेनलाई हिन्दुकरण गरिए जस्तै मोहनि पर्व लगायतका पर्वलाई पनि हिन्दुकरण हुन थालेको उनको भनाई थियो । दशैको अष्टमिमा मार हान्ने प्रचलन भएको भन्दै तर मोहनी पर्वमा उपत्यकाको नेवार कृषकले औजारको पुजा गरिने चलन भएको अध्यक्ष शाक्यको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close