कृषीसमाचारहेडलार्इन

ईलामको किवी धरानमा प्रर्दशन शुरु

ईलामको किबी धरानमा प्रर्दशन शुरु भएको छ । पर्यटक र व्यापारमा धरानलाई ईलामले र ईलामलाई धरानले सहयोग तथा प्रबर्दन गर्ने उद्देश्यले बिहिबार देखि धरानमा किवी एक्स्पो २०७६ शुरु गरिएको हो । धरान उपमहानगरपालिका र ईलाम नगरपालिकाको भबिगी सम्बन्ध बिस्तार भएसंगै ईलाम र धरान बिच बिकास,विस्तारमा सहयोग र जिल्लामा उत्पादित बस्तुको प्रबर्दनमा सहकार्य अघि बढेको छ ।
धरानको छाताचौक रिजाल टासीको खाली जग्गामा ईलाम किबी एक्स्पो २०७६ संचालन गरिएको छ । बिहिबार एक कार्यक्रमका बिच एक नंम्बर प्रदेशका उपसभामुख सारदा पोखरलले एक्स्पो २०७६ को उद्घाटन गरेकी थिईन । ईलाम उद्योग वाणिज्य संघ ईलामको आयोजनामा एक्स्पो शुरु भएको हो । एक्स्पो कार्यक्रम २ दिन सम्म संचालन हुने आयोजकले जनाएको छ ।

एक्स्पोको उद्घाटन कार्यक्रमलाई संबोधन गदै उपसभामुख पोखरेलले मानिसको जीवनमा जुनसुकै बेला पनि कृषि क्षेत्र आवश्यक पर्ने भएकाले कृषि र कृषकहरुलाई साथ सहयोग गर्नु नेपाल सरकारको कतब्र्य भएको बताईन् । कषि ब्यवसायलाई राज्यले संरक्षण र सहुलियत दिनुपर्ने बताएकी थिइन् । सरकारलाई व्यवसायी मैत्री वातावरण बनाउन आग्रह गर्दै प्रदेश सरकारले सक्दो सहयोग गर्ने आश्वासन समेत दिएकी छन् ।

आयोजक संस्था ईलाम उद्योग बाणिज्य संघका अध्यक्ष ईश्वर चिपालुले कृषि तथा ब्यापार क्षेत्रमा सरकारको तर्फबट सहज उपलब्धता नभएका कारण मुलुकमा कृषि र व्यवसाय फस्टाउन नसकेको बताए । कृषि तर्फ सरकारको ध्यानाकर्षण नभएका कारण कृषि व्यवसाय फस्टाउन नसकेको अध्यक्ष चिपालुकोे गुनासो थियो ।

एक्स्पोलाई धरान उपमहानगरपलिका,ईलाम उद्योग बाणिज्य संघ ईलाम व्यवस्थापन र सहयोगीको भुमिका खेलेको छ भने एक्स्पोमा ईलाका मुख्य उत्पादन किबी,आर्गेनिक ग्रीन टी, छुर्पी, ध्यु, ललिपप लगायतका करिब १५ स्टल रहेका छन् ।

एक्सपोमा किबी मुख्य आकर्षण बन्ने विश्वास गरिएको छ । किबी व्यवसायमा आधुनिक प्रविधि भित्र्याउदै कृषि जन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पुर्याउने अपेक्षा गरिएको छ । हाल इलामकोे साढे १ प्रतिशत जमिनमा किबी खेती हुन थालेको छ ।

किबी व्यवासायले इलाममा करिब २ करोड ५० लाख रुपैयाँभन्दा बढी आम्दानी लिने गरेको छ । इलाममा एक सिजनमा करिब १ लाख केजीभन्दा बढी किवी उत्पादन हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (किवी जोन) का महासचिव गंगा बहादुर विष्टले जानकारी दिए । जिल्लाको कूल क्षेत्रफल ६५७ दशमलव ५ वर्ग किलोमिटरमा रातो र हरियो दुई प्रजातिको किवी खेती हुने गरेकोे महासचिव विष्टले बताए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close