चीनमा कोरोना भाईरस कम हुदै, अन्य देशमा बढ्दै

[mashshare]

काठमाण्डौं,

कोरोना भाईस चीन बाहिर २६ देशमा फैलिएको छ । चीनमा शनिवार कोभिड –१९ भनिने कोरोनाभाइरसका नयाँ केसमा तीव्र गिरावट आएको बताएको हो । तर विश्व स्वास्थ्य संगठनका अधिकारीहरूले अहिले नै कुनै किसिमको भविष्यवाणी गर्नु हतार हुने जनाएका छन् किनकि भाइरस अन्य देशमा फैलिरहेको उनीहरुको भनाई छ ।

चीनमा शनिवार ३९७ केस पुष्टि भएको छ जबकि शुक्रवार ८८९ केस थिए । तर दक्षिण कोरिया, इरान, इटली र लेबनानमा यो भाइरस तीव्र गतिमा फैलिरहेको अधिकारीहरुले भनेका छन् । दक्षिण कोरियाका अधिकारीहरूका अनुसार, शनिवार भाइरसको केस दुईगुणा बढेर ४३३ पुग्यो । केसहरूको संख्या एक हजार पुग्ने बताइएको छ ।

इरानमा अघिल्लो साताको आरम्भतिर एक व्यक्तिलाई भाइरसले समातेकोमा शनिवार सम्ममा १० वटा नयाँ केस आए र २ जनाको मृत्यु भयो । त्यहाँ अहिले २९ मानिस कोरोनापीडित छन् । समग्रमा ६ जनाको ज्यान गइसकेको छ । विश्व स्वास्थ्य संगठनले चीनमा नयाँ केसको संख्या घटेकोमा खुशी व्यक्त गरे पनि अन्य देशमा संक्रमण फैलिएकोमा चिन्ता व्यक्त गरेको छ । ती देशमा चीनसँगको लिंक स्पष्ट छैन ।
अतिसंवेदनशील देशहरूका लागि ६७५ मिलियन डलरको सहायता रकम विश्व स्वास्थ्य संगठनले मागेको छ । चीनसँग निकट सम्बन्ध भएका अफ्रिकाका १३ देशलाई प्राथमिकतामा राखिएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार, चीनमा कोरोनाभाइरसका ७५ हजार ५६९ केस देखिएका छन् भने २ हजार २ सय ३९ जनाको मृत्यु भइसकेको छ । उपलब्ध तथ्यांक अनुसार, ८० प्रतिशत रोगीमा मध्यम दर्जाको संक्रमण छ भने १८ प्रतिशत केसमा गम्भीर र २ प्रतिशत केसमा ज्यानमारा साबित भइरहेको छ ।

Tags

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close