मच्छिन्द्र क्लब बुढासुुब्बा गोल्डकपकोे सेमिफाइनलमा

धरान,

मच्छिन्द्र क्लब बुढासुब्बा गोल्डकपको सेमिफाईनलमा पुगेको छ । मंगलबार भएको प्रतियोगितामा बिमल घर्ती मगरको ह्याट्रिकसँगै मच्छिन्द्र क्लब काठमाडौ बुढासुब्बा गोल्डकपको सेमिफाइनमा प्रवेश गरेको हो । बिमलले प्रतियोगितामा नै पहिलो ह्याट्रिक गर्दा मच्छिन्द्र क्लब विदेशी टिम भारतको सण्डे एफसिमाथी हाबी भएको थियो । मच्छिन्द्रले भारतको सण्डे एफसि कोलकतालाई ६–१ गोल अन्तरले पराजित गरेको हो ।

मच्छिन्द्रले सेमिफाइनलमा नेपाल पुलिस क्लब काठमाडौसँग बिहीबार खेल्नेछ । मच्छिन्द्रका तर्फबाट बिमल घर्ति मगरले ह्याट्रिक गरे । उनले खेलको २१ औं, ८० औ र ८७ औ मिनेटमा गोल गरे । मच्छिन्द्रकालागी विशाल राईले २ गोल गरे । उनले खेलको २८ औं र ७४ औं मिनेटमा गोल गरे । त्यस्तै मच्छिन्द्रका रेजिन सुब्बाले एक गोल गरे ।

सण्डे एफसिका तर्फबाट सब्टिच्युट खेलाडी सञ्जीव बौरीले मैदान प्रवेश गरे लगत्तै ८३ औं मिनेटमा सान्त्वना गोल गरे । उनले करिब ३० यार्डको दुरीबाट प्रहार गरेको फ्रिकिकले जाली चुमेको थियो । सञ्जीवले गरेको फ्रिकिक गोल खेलको उत्कृष्ट गोल घोषित भएको थियो भने उनलाई ५ हजार पुरस्कार दिइएको थियो ।

मच्छिन्द्र सेमिफाइनलमा प्रवेश गरेसँगै २२ औं अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकपको सेमिफाइनल समिकरण पुरा भएको छ । भोली (बुधबार) हुने पहिलो सेमिफाइलनमा भारतको युके एफसि र मनाङ मस्र्याङ्दी खेल्दैछन् । खेलको म्यान अफ द म्याच मच्छिन्द्रका विमल घर्ति मगर घोषित भएका थिए । घर्ति मगरलाई नगद १५ हजार पुरस्कार प्रदान गरिएको थियो ।

फागुन १० गतेदेखि शुरु भएको प्रतियोगितामा २ विदेशी सहित ८ टिमको सहभागीता रहेको छ । प्रतियोगिताको विजेताले नगद रु १० लाख र उपविजेताले नगद रु ५ लाख पुरस्कार पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close