धरानमा २ जनालाई कोरोना संक्रमण भएको पुष्टि

[mashshare]

धरान,

धरान उपमहानगरपालिका वडा नम्बर ३ र १९ एक महिला र पुरूषमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको दिल्लीबाट आएकी धरान ३ की ३६ बर्षीय महिला र कतारबाट आएका धरान १९ का ३१ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । उनिहरू धरान १७ स्थित एन्फा एकेडेमी क्वारेन्टाइनमा बस्दै आएकोमा संक्रमण देखिएपछि वीपी कोइरुराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइसकेको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताएका छन् । एन्फा एकेडेमी क्वारेन्टाइनमा रहेका अन्य ६५ जनाको पिसिआर परिक्षणमा संक्रमण नदेखिए पछि उनीहरु क्वारेन्टाइनबाट घर फर्केका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close