धरानमा तरकारकिो मुल्य सुचि सहित तरकारी बजार खुल्ला

धरान,

धरानमा तरकारीको मुल्यसुछि सहित तरकारी बजार खुल्ला गरिएको छ । लकडाउनका बिच भाद्र ३ गते बुधबारबाट धरान १३ स्थित कृषि बजार उपज केन्द्र खुलाईएको हो । बजारमा फलफुल तथा तरकारी खरिद,बिक्रीका लागि विहान ४ बजेदेखि विहान ८ बजेसम्मको समय तोकिएको छ ।

कृषि बजारले तरकारीको मुल्यसुचि सहित बिक्री शुरु गरेको छ । तरकारीहरु आलु, गोलभेडा, खोर्सानी, प्याज, गाँजर, मुला, बन्दा, काउली, सिमि, फर्सि, बोडि, लौका, रायो साग, लसुन, अदुवा, तिते करेला, भिण्डी, पर्वल, स्कुस, निँगुरो, धनिया, बैगुन, बेसार र कालोदाल लगायत बजारमा उपलब्ध हुनेछ । निर्धारित खुद्रा मुल्य अधिकार प्राप्त व्यवसायीले मात्र तरकारी बिक्री गर्ने पाउनेछन् ।

कृषि बजारमा थोक मात्रको कारोबार गर्ने तथा खुद्रा बिक्रेताले खरिद गर्न नपाउने बजार व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिएका छन् । तरकारी खरिद गर्न जाँदा स्वास्थ सुरक्षाको मापदण्ड पुरा गरेको हुनुपर्ने साथमा तरकारी तथा फलफुल व्यवसाय गर्ने प्रमाण पत्रको सक्कल प्रति आवश्यक पर्ने भट्टराईले बताए ।

तरकारीको मुल्य सुचि यस प्रकार रहेकोछ ।


भाद्र ३ गते बुधबार (आज) बिहान ८ बजेसम्म खुला गरीएको कृषि बजारबाट २५ टन हरियो तरकारी बिक्री भएको व्यवस्थापक भट्टराईले बताएका छन् । अरु बेला दैनिक १ सय टनको कारोबार हुने गरेको बताउँदै भट्टराईले आजदेखि तरकारी मगाउन शुरु भएकोले भोली देखि तरकारीको कारोबार बढ्न सक्ने व्यवस्थापक भट्टराईको भनाई छ  ।

Tags

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close