बा र म

मणिकुमार श्रेष्ठ ‘सिजन’
भोजपुर


सानै थिए
बाको हात समाएर
ताते ताते गर्दे
हिडिरहेको बेला
मेरो वोली आयो
बा !
अब म ठुलो भए
बाले मलाई काँधमा बोक्दै
भन्नु भयो
बाबु तिमि सानै छौ
विस्तारै ठुलो हुन्छौ ।

म भर्खरै साथी भाई
चिन्ने भएको थियो
म खेल्दै गरेको वेला
बा आउनु भयो
र बाले भन्नुभयो
बाबु हिड घर जाउँ
मैले भने
बा तपाई जानु
म आफै आउछु
बाले भन्नु भयो
बाबु तिमि लड्छौ
हिड म संगै
म बासँगै घर गए ।

मलाई बाले
घर नजिकैको स्कुलमा लगेर
नाम लेखाई दिनु भयो
अनि म स्कुल जान थाले
एक दिन म स्कुलबाट
घरमा आई पढ्दै थिए
मलाई देखेर
मेरो बाले भन्नु भयो
स्वाबास छोरा
तिमिले यसरी नै पढ्नु पर्छ
ज्ञानी हुनु पर्छ
मैले बालाई भने
बा अव मलाई
बन्दुक दिनुहोस
म पुलिस बन्छु
बाले भन्नु भयो
बाबु हतार नगर
अब तिमि ज्ञानी भई
संसारलाई चिनाउन सक्ने
महान मान्छे भन्नु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close