सुनसरीमा भदौं १४ सम्मका लागि निषेधित क्षेत्र

धरान,

सुनसरीमा भदौं १४ गते सम्मका लागि निषेधित क्षेत्र घोषणा गरिएको छ । सुनसरी जिल्ला विपद् व्यवस्थापन र जिल्ला प्रशासनले कोरोना महामारी फैलनबाट रोक्न भदौं ७ गते आईतबार (आज) देखि लागू हुनेगरी थप ७ दिन (भदौ १४ सम्म) का लागि निषेधित क्षेत्र घोषणा गरेको हो । उक्त अवधिभर अत्यावश्यक कामबाहेक मानिसहरुको आवतजावत तथा हिँडडुल गर्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेलले जानकारी दिए ।

यो भन्दा अगाडी पनि कोरोना महामारी रोक्न साउन २१ गतेदेखि २६ गते सम्म, २६ गतेदेखि ३२ गतेसम्म भदौ ३२ गतेदेखि ७ गतेसम्म गरी तीन पटक किस्ताबन्दीमा सुनसरी जिल्ला प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको थियो । इनरुवास्थित जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले मानिसको आवतजावतलाई रोक्न सक्दो प्रयास गर्न निषेधित क्षेत्र थपेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close