लकडाउनले छेकेन अबैध कारोबारीलाई, सुनसरीबाट ठुलो परिमाणको अबैध औषधी सहित तीन जना पक्राऊ

ईटहरी,

सुनसरीबाट ठुलो परिमाणको अवैध औषधी सहित ३ जना पक्राउ परेका छन् । सुनसरीको हरिनगर गाउँपालिका २ भुटाहा सिसुवा धरमपुर सडक खण्डबाट अवैध औषधी सहित ३ जना लाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा हरिनगर १ का ३७ वर्षीय अख्तर मिया, २२ वर्षीय एहरमान अन्सारी र ३२ वर्षीय मुख्तर आलम रहेका छन् । विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले अवैध कारोबारीलाई भदौं १७ गते बुधबार (आज) बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पक्राउ परेकाहरूको साथबाट बिना इजाजतको औषधि Nimos-p २९८० ट्याब्लेट, vibel ४९८० क्याप्सुल Zenegra Red(८०० ट्याब्लेट ,Nitravet (६० ट्याब्लेट, क्उबकmय उचयहथखयल (८ ट्याब्लेट, laboat-syrinj Injecrion(४३ थान, पुरुष जीवन क्याप्सुल ९१२०,Dermikem oc( १९५ थान मलम, Cetsol Tablet (१२,०००, pantoprazole Gastro resistant (७९० क्याप्सुल, Acelorlam sp-(४०० थान ट्याब्लेट, P40–D(३५९० ट्याब्लेट र KT5 Dermcream ( ८४ वटा मलम बरामद गरिएको छ ।

पक्राउ परेका ३ जना सहित बरामद गरिएको बिना इजाजतको अवैध औषधी आवश्यक कारबाहीको लागी औषधी विभागको कार्यालय विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

 

Tags

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close