धरानमा फेरि चार जनामा कोरोना संक्रमण पुष्टि

धरानमा,

धरानमा भदौं २० गते शनिबार (आज) थप ४ जना कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये ३ जना वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मी हुन् भने १ जना धरान २ का ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार योसँगै धरानमा जम्मा संक्रमितहरुको संख्या २ सय ७ पुगेको छ । डिस्चार्ज हुनेको संख्या ७४ छ भने ६ जना संक्रमितको निधन भइसकेको छ ।

वीपी प्रतिष्ठानमा सर्जरी युनिट २ मा कार्यरत एक जना हेल्पर र २ जना हेल्थ एडमा संक्रमण पुष्टि भएको हो । उनीहरु तिनै जना महिला हुन् । एक जना ४० बर्षका छिन् भने २ जना ३८ वर्षीया हुन् । ती मध्ये ४० वर्षीया महिलाको घर धरान १५ महादेव चोक हो । तर, उनी क्वारेन्टिनमा रहेको र उतैबाट स्वाब लिएको पाइएको महाशाखा प्रमुख मेहताले जानकारी दिए । धरान २ का व्यक्तिको घर निकेतन स्कुल नजिकै भएको पनि उनले बताए ।

यसबाहेक वीपी प्रतिष्ठानको मेडिसिन युनिट ३ सँगै रहेको पल्मोनोलोजी वार्डका एक विरामीमा पनि संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । विरामी लेटाङ्ग भोगटेनी नगवरपालिका ५ का ४४ बर्षीय पुरुष हुन् । उनलाई कोभिड अस्पतालमा सारिएको प्रतिष्ठानले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close