प्रदेश १ मा फेरि ५४ जनामा कोरोना पुष्टि, चार जना संक्रमितको एकै मृत्यु

विराटनगर,

प्रदेश १ मा फेरि ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भदौं २० गते शनिबार (आज) प्रदेश १ मा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १ हजार ७ सय ६१ जनाको पीसीआर परीक्षण गरिएको थियो । ती मध्ये ३१ पुरुष र २३ महिलामा सङक्रमण पुष्टि भएको हो । पुष्टि भएका संक्रमित मध्ये मोरङका ३४, सुनसरीका १३, झापाका ५, इलामका १ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनागरका १४ महिला र १४ पुरुष, पथरीशनिश्चरेका २, लेटाङ, कटहरी र रंगेलीका १–१ पुरुष र जहदाकी १ महिला, सुनसरीको इटहरीका २ महिला र ६ पुरुष, धरानका ४ महिला र १ पुरुष, झापाको दमकका १ महिला र २ पुरुष, विर्तामोडका १ र स्थानीय तह नखुलेका १ पुरुष, इलामको चुलाचुलीका १ पुरुष तथा प्रदेश १ बाहिरका १ महिलामा संक्रमण पुष्टि भएको छ । अहिले सम्म प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ८ सय ७९ पुगेको छ ।

यस्तै, शनिबार (आज) प्रदेश १मा १६ जना संक्रमित कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । उनीहरु सबै कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट डिस्चार्ज भएका हुन् । योसंगै प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ८ सय ३५ पुगेको छ ।

प्रदेश १ मा एकै दिन कोरोना संक्रमणबाट ४ जनाको मृत्यु

प्रदेश १ मा एकै दिन कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरु सबै मोरङ जिल्लाका हुन् । मृत्यु हुनेहरुमा मोरङको विराटनगरका २ महिला र बुढीगंगा र धनपालथानका १–१ पुरुष रहेको प्रदेश १को सामाजिक विकास मन्त्रालयले जनाएको छ । यो सँगै प्रदेश १ मा शनिबारसम्म मृत्यु हुनेको संख्या ३९ पुगेको छ । मृतकहरु मध्ये २७ जना प्रदेश १का हुन् भने १२ जना प्रदेश २का हुन ।

Tags

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close