ईलाका प्रहरी कार्यालय धरानका ६ जना थुनुवामा कोरोना संक्रमण पुष्टि

धरान,

सुनसरी जिल्लाको ईलाका प्रहरी कार्यालय धरानका ६ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ । धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले दिएको जानकारी अनुसार ईलाका प्रहरी कार्यालय धरानको ५ जना थुनुवा र अर्को १ जना प्रहरीले सोधपुछका लागि राखेको व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमण पुष्टि भएका थुनुवाहरू धरान (१३ का २० वर्षीय पुरुष, धरान (१५ का ३ जना २९, १९ र २३ वर्षीय पुरुष र इटहरीका ३० वर्षीय पुरुष रहेका छन् । अर्का एक जना खोटाङका २६ वर्षीय पुरुषमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनलाई भने प्रहरीले सोधपुछकालागि राखेको बताइएको छ ।

कोरोना संक्रमित थुनुवाहरू यस भन्दा अघि ईलाका प्रहरी कार्यालय धरानमा कोरोना पोजेटिभ भएका थुनुवाको कन्ट्याक ट्रेसिङका हुन र उनीहरूलाई अलग्गै राखिएको ईलाका प्रहरी कार्यालय धरानको प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close