प्रदेश १ मा २३ गते मंगलबार फेरि ८० जनामा कोरोना संक्रमण पुष्टि

बिराटनगर,

प्रदेश १ मा भदौं २३ गते मंगलबार (आज) ८० जनामा कोरोना पुष्टि भएको छ । पुष्टि भएका मध्ये सबैभन्दा बढी सुनसरीमा ३७ जना छन् । यस्तै, मोरङमा २२ जना, झापामा १६ जना, ओखलढुङ्गामा २ जना छन् भने इलाम, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा १० महिला र ८ पुरुषमा संक्रमण देखिएको छ भने दुहवीमा ४ महिला र ८ पुरुषमा संक्रमण देखिएको छ । यस्तै, कोशी गाउँपालिकामा २ महिला र १ पुरुष, गढी, रामधुनी, इनरुवा, धरानमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

मोरङको विराटनगरमा ११ महिला र ६ पुरुष, रतुवामाईका ३ र ग्रामथानका १ पुरुष, बुढीगंगाकी १ महिलामा संक्रमण पुष्टि भएको छ । यस्तै, झापाको दमकमा २ महिला र ४ पुरुष, शिवसताक्षीमा २ महिला र १ पुरुष, गौरीगञ्जमा १ महिला र १ पुरुष, विर्तामोडमा १ महिला र १ पुरुष, बा¥हदशी, मेचीनगर र कनकाईमा १–१ पुरुषमा संक्रमण पुष्टि भएको छ । यस्तै, ओखलढुङ्गाको मानेभन्ज्याङका २ पुरुष, इलामकी १ महिला, उदयपुरको चौदण्डीगढीकी १ महिला र प्रदेश १ बाहिरका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार २५७ पुगेको छ ।

प्रदेश १ मा भदौं २३ गते मंगलबार (आज) १६ जना डिस्चार्ज भएका छन् । जिल्ला अस्पताल खोटाङबाट ६, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र मेची अस्पताल झापाबाट ५–५ जना डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ९ सय १२ पुगेको छ ।

Tags

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close