धरानको बाबाधाम मार्गमा पहिरोले घर बगाएर घरमा क्षति

धरान,

धरानको बाबाधाम मार्गमा पहिरोले घर बगाएर घरमा क्षति पु¥याएको छ । धरान १४ स्थित बाबाधाम मार्गमा रहेको कमली माया लिम्वुको घरलाई भदौं २६ गते शुक्रबार (आज) पहिरोले बगाएको हो । कमली माया लिम्वुकै घर नजिकै रहेको गजेन्द्र बस्नेतको ट्वाईलेट पहिरोले बगाउनको साथै घरमा बस्नै नहुनेगरी क्षति पुर्याएको विजयपुर अस्थाई प्रहरी पोष्टका प्रमुख सई भिमबहादुर गुरुङले बताएका छन् ।

निरन्तरको बर्षा पछि पानी रहेको बेलामा आज दिउसो पहिरोले घर बगाएको तर मानवीय क्षति भने नभएको सई गुरुङले बताए । यस भन्दा अघि पनि पहिरोले दुई घरमा क्षति पुर्याएको भन्दै १४ नम्वर वडा कार्यालयले त्रिपाल वितरण गरेर पहिरोको रोकथाम गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close