फेरि धरानमा चार जना कोरोना सङ्क्रमित थपिए,कुन वार्डका परे

[mashshare]

धरान,

धरानमा फेरि ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हिजो साँझ २ जना र आज बिहान २ जना गरी धरानमा ४ जना कोरोना सङ्क्रमित थपिएका छन् । धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले दिएको जानकारी अनुसार हिजो धरान ९ आचार्य लाइनका ६० वर्षीय पुरुष र धरान ११ दुर्गा चौकका ३४ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

त्यस्तै, आज बिहान धरान ११ का ७३ वर्षीय पुरुष, र धरान १८ का ४० वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य महाशाखाका प्रमुख मेहेताले बताए । पछिल्लो पटक थपिएका कोरोना सङ्क्रमितहरू आफैले स्वास्थ्य परीक्षण गर्दा कोरोना पुष्टि भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close