Uncategorizedराजनीतिसमाचारस्थानीय

माघ ३ गते संसद विघटनविरुद्ध जनता समाजवादी पार्टीले धरानमा विरोधसभा गर्ने

धरान,

संसद विघटनको विरुद्धमा जनता समाजवादी पार्टी(जसपा)ले दोस्रो चरणको कार्यक्रम अन्तर्गत धरानमा विरोध प्रदर्शन सभा गर्ने भएको छ । जसपाले मंगलबार धरानमा पत्रकार सम्मेलन गर्दै आगामी माघ ३ गते भानुचोकमा विरोधसभा गर्ने जानकारी दिएको हो । संसद विघटन असवैधानिक र प्रतिगमनकारी कदम भएको ठहर गदै सडक आन्दोलनमा रहेको जसपाले माघ ३ गते धरानसहित देशको विभिन्न ५ शहरमा विरोधसभा गर्ने तयारी भइरहेको केन्द्रीय सदस्य तथा प्रचारप्रसार समिति संयोजक सुनिता मरिक डोमले पत्रकार सम्मेलनमा जानकारी दिइन् ।

विरोध सभालाई पाटीका बरिष्ठ नेता अशोक राईसहित केन्द्रीय कार्यकारिणी सदस्यहरु पर्शुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, पर्शुराम बस्नेत लगायतका नेताहरुले सम्बोधन गर्ने डोमले बताईन् । विरोधसभा कार्यक्रममा पब्लिक माविको खेल मैदानबाट विरोध ¥याली समेत निकालिने भएको छ । संघीयता, समानुपातिक, धर्मनिरपेक्षता, समावेशीकरण जस्ता व्यवस्थाहरु नै धरापमा पारेको कारण यसको रक्षाको लागि आन्दोलनको विकल्प नभएको जसपाको भनाई छ । जसपाले पहिलो चरणमा देशभरका मुख्य १५ वटा शहरमा संसद पुनस्थापनाको माग गदै विरोधसभा गरिसकेको छ ।

केन्द्रीय सदस्य भिम राईले आफुहरुले शक्ति प्रर्दशन गर्न नभै प्रधानमन्त्री ओलीको असंवैधानिक कदम विरुद्धमा विरोध जनाउन कार्यक्रम गनर्् परेको बताए । राईले भने सडकमा मानिसहरु उतारदैमा शक्ति प्रदर्शन नहुने जिकिर गरे । ‘सडकमा भिड देखाएर शक्ति प्रदर्शन हुन्छ भन्ने गलत राजनीतिक संस्कार हो, यसलाई हामी चिर्न चाहान्छौं,’नेता राईले भने,‘हामी प्रधानमन्त्रीको असबैधानिक कदमको विरुद्ध र प्राप्त उपलब्धीहरुको रक्षाका लागी सर्घषरत छौं, जनतालाई जागरुक गराउनेतर्फ लागिरहेका छौं ।’ उनले अदालतबाट संसद पुनस्थापना हुनेमा आफु विश्वस्त रहेको बताउदै निर्वाचनको प्रचारबाजी गर्नुको औचित्य नभएको बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close