समाचारसमाज

यि नेपाली जसले दानवीय ब्यबहार देखाउँदै आफ्नी श्रीमती र छोरीलाई नै बेचे

[mashshare]

काठमाडौँ । हिजो आज मानिसमा मानवियता विस्तारै हराउँदै जान लागेको हो ? जेठाजुले बुहारीको टाउको धारिलो हतियार छिनाएर युद्ध जितेको घोषणा गर्ने, पतिले श्रीमतीको विभत्स तरिकाले ज्यानै लिने, आमाले आफ्नो काखको नानीको दुई टुक्रा पारेर हत्या गरिदिने लगायतका घटनाका शृखलाले समाज कता जाँदैछ भन्ने प्रश्न चोटिलो बन्दै गइरहेको छ ।

र यसैबिच दैलेखमा एक व्यक्तिलाई ३८ वर्ष कैद फैसला गरिएको छ । भैरबी गाउँपालिका–४ भैरीका २१ वर्षीया टेकराज पुरीले श्रीमती र छोरीलाई बेचेको आरोपमा उक्त कैद फैसला गरिएको हो । पुरीले पैसाका लागी आफ्नो परिवार नै बेचिदिएको प्रमाण नै फेला परेको छ । पुरीले श्रीमती र छोरालाई बेचेको आरोपमा पुरीलाई दैलेख जिल्ला अदालतले आइतबार रु तीन लाख ३० हजार जरिवाना, रु एक लाख ६५ हजार क्षतिपूर्ति र ३८ वर्ष छ महीना कैदको फैसला गरेको हो ।

न्यायाधीश सनतचन्द्र लवटको इजलासले उक्त फैसला सुनाएसँगै अब उनको बास जेलको कालो कोठीमा हुने भएको छ । उक्त फैसला मानव बेचबिखनमा २० वर्ष, ओसार–पसारमा १५ वर्ष र कूल सजायको थप १० प्रतिशतले हुन आउने साढे तीन वर्षसमेत ३८ वर्ष छ महीना कैद सजाय तोकिएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button