मनाेरञ्जन

“मखमली मखमली”द्धारा बेसाहारा तथा अनाथ बालबालिकालाई सहयोग,

चलचित्र हेदा हेदै दर्शकको रुवाबासी

[mashshare]

दिल बहादुर राई

मखमली मखमली नेपाली चलचित्र द्रारा उठेको रकम बेसाराह तथा अनाथ बालबालिकालाई सहयोग गरिएको छ । काठमाण्डौंको गुण सिनेमा हलमा चलचित्र मखमली मखमलीको विशेष प्रदर्शन गरी टिकट मार्फत संकलन भएको रकम ललितपुर स्थित स्नेह नेपाल काखमा रहेका बेसाराह तथा अनाथ बालबालिकालाई रकम प्रदान गरिएको हो । उक्त चलचित्र निर्माण समूहले चलचित्रको विशेष प्रदर्शनी कार्यक्रमको आयोजना गरी कलाकारहरुलाई सम्मान तथा अनाथ बालबालिकाको उद्धार र उत्थानका लागि सक्रिय सामाजिक संस्था स्नेही काखलाई नगद प्रदान गरिएको छ । संस्थामा ३० जना मानसिक सन्तुलन गुमाएका बुद्धा र ७ जना अनाथ बालबालिका रहेका छन् । बृद्धा र बालबालिकालाई निशुल्क मखमली मखमली चलचित्र देखाएर अन्य दर्शक बाट उठेको रकम संस्थालाई सहयोग गरेको चलचित्र निमात्री साविता चिलुवालले बताईन् ।

गीतकार तथा संगीतकार हुँदै निर्मात्री बनेकी साबित्रा चिलुवालको निर्माणमा बनेको यस चलचित्रमा जय किसन बस्नेतको दमदार कमेडीले दर्शकलाई सुरुदेखि अन्तिम सम्म हसाई रहन्छ भने मखमलीको कारुणिक भूमिकाले चलचित्र हेर्ने दर्हककोे आँखा रसाउँछ । सामाजिक घटनालाई यथार्थ फरक तरिकाले बनाईएको यस चलचित्रको निर्देशन जुझारु निर्देशक राजु गिरीले गरेका छन् भने चलचित्रमा शारदा गिरी (कालीबुढी) को साथमा सुदर्शन आचार्य लगायतको पनि दमदार अभिनय रहेको छ । केही दिन अगाडी मात्र सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएको यो चलचित्र आउँदो कार्तिक ८ गते नेपाल भरी प्रर्दन हुने निश्चित भएको चलचित्र निर्माण समूहले जानकारी दिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button