मुख्य समाचारहेडलार्इन

भेडेटारमा बिवाद हुनुकोे कारण यस्तो रहेछ भिडियो सहित

नेपाली कांग्रेसका क्षेत्रिय सभापति राई अघि बढ्दै

धनकुटाको सॉगुरीगढी गाउ“पालिका वडा नं. ६ मा सडक भत्काएको भनी अनाहकमा आफुलाई विवादको घेरामा तानेको भन्दै होटल एशोसिएसन भेडेटारका अध्यक्ष तथा नेपाली काग्रेसका धनकुटाका क्षेत्रीय सभापति जितेन्द्र रुम्दाली राईले आपत्ति जनाएको छ । राईले सो विषयमा आफनो कुनैपनि संलग्नता नरहेका कारण आफू अन्यमा परेको गुनासो पोखे
मंगलबार भेडेटारमा पत्रकार सम्मेलन गरी साँ“गुरीगढी गाउ“पालिकाका सदस्या बालकृष्ण राईले सम्पूर्ण गाउ“लेलाई प्रभावमा पारी किर्ते सही गराई नेकपाको दम्बा देखाउदै राजनीतिको आडमा आफुलाई बदनाम गराएको सभापति राईले आरोप लगाए ।
प्रदेश सरकारबाट जनजाती पार्कका लागी आएको १ करोड ३५ लाख मध्ये केही बजेटले थुम्कीबाट सुर्योदय बुद्धविहार सम्म जाने कच्चीबाटो स्तरोन्नती गर्ने क्रममा बाल कृष्णले अफ्नो संस्था होटल एसोसिएसन र आफू आबद्ध रहेको नेपाली कांग्रेस पाटीलाई मुछ्दै बदनाम गराएको रुम्दाली राईले पत्रकार सम्मेलनमा बताए ।


पत्रकार सम्मेलनमा प्रमोद राईले सूयोर्दय बुद्ध विहार जाने सडकमा आफुले किनेको १ रोपनी जग्गा भएर जाने सडक दुवैतर्फगरी सात मिटर बढाउने निर्णय भएपनि आफ्नै संधियार बालकृष्ण राईले आफुलाई सोध्दै नसोधी एकतर्फी रुपमा आफ्नै जग्गाबाट मात्र सात मिटर काटेर बाटो बढाईएपछि आफुले साढे ३ मिटर जग्गामा बनेको बाटो डोजर लगाई भत्काएको बताए सुनाए ।
जग्गावाला राईले निजी जग्गाबाट बाटोका लागि कति जग्गा दिने भन्ने अधिकार भएपनि समाजअनुरुप दुवैतर्पmबाट बराबरी जग्गा लिएर बाटो बनाउनु पर्नेमा बालकृष्ण राईले एकतर्फि आफनो मात्रै जग्गा काटेको आरोप लगाए ।

यता आरोप लागेका बालकृष्ण राई लाई टेलिफोन मार्फत किर्ते सही गरी सोझा साझा जनतालाई खाली कागजमा हस्ताक्षर गराई एकतर्फि प्रमोद राईको जग्गाबाट बाटो लगेको, नेपाली कांग्रेस पाटी र होटल एसोसिएशन भेडेटार संस्थालाई बालकृष्णले बदनाम गर्यो भन्ने हल्ला छ के हो ? भनी सोध्दा बालकृष्णले उक्त विषयमा आफू अनविज्ञ भएको र काम विषेशले धनकुटामा रहेको जानकारी दिए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button