मनाेरञ्जन

पासवर्ड प्रिमियरमा सन्नि लियोनी आउने पक्का,पठाइन भिडियो सन्देश

[mashshare]

बिनोद बिस्वकर्मा

नेपाली फिल्म ‘पासवर्ड’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा पिल्मका मुख्य कलाकार सहित बलिउड अभिनेत्री सन्नी लियोनीलाई समेत देख्न सकिन्छ ।

महङ्गो बजेट मा निर्माण भएको भनिएको नेपाली चलचित्र पासवर्ड को यती बेला निकै चर्चा छ । त्यो भन्दा बढी चर्चा बलिउड अभिनेत्री तथा आइटम गर्ल सन्नि लियोनले दृश्य दिएको नेपाली फिल्म ‘पासवर्ड’ सन्निको नाम जोडिएदेखि नै चर्चामा छ ।

यस फिल्म मा रहेको आजको साम,बोलको एक आईटम गीत मा सन्नी ले कम्मर मर्काएकी छिन । फिल्मको सार्वजनिक पोस्टर पनि समेत मुख्य रुपमा देखाइएको कारण ले पनि दर्शकदिर्घामा फिल्मलाई लिएर विभिन्न टिकाटिप्पणी सङ्गै कौतुहलता बढिरहेको छ । सम्राट बस्नेतको निर्देशनमा बनेको फिल्ममा सन्निको आइटम नृत्यसँगै अभिनय समेत रहेको दाबी निर्माण टिमको छ ।

एक्सन थ्रिलर जनराको फिल्ममा अनुपबिक्रम शाहि, बिक्रम जोशी –विक्की), बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परि राना लगायत लिड अभिनयमा छन् । सौरभ लामाको छायाँकन रहेको फिल्मलाई बिक्रम जोशी, हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन । फिल्मको सम्पुर्ण जस्तो छायाँकन लण्डनमा गरिएको छ ।यस फिल्म को ग्राण्ड प्रिमियरमा शो यही सेप्टेम्बर ११ अर्थात भाद्र २५ गते काठमाडौंमा हुने हुने भएको छ । ‘पासवर्ड’को प्रिमियर शो मा सहभागी हुन ।

सन्नि लियोन नेपाल आउने पक्का भएको छ ।सोही कुरा को जानकारी दिन सन्नी ले नेपाली दर्शक र शुभचिन्तकहरुलाई एक भिडियो सन्देश पठाएकी छिन । भिडियोमा उनले फिल्मको प्रोमोशनल इभेन्ट एण्ड प्रिमियरमा सहभागी हुन नेपाल आउन लागेको बताएकी छिन् । प्राप्त भिडियोको अन्तिममा उनले फिल्मको सफलताको लागी निर्माण ब्यानर एबी इन्टरनेशनललाई शुभकामना ब्यक्त गर्दै धेरै धेरै माया बोलेकी छिन ।

रिलिजको तीन दिन पहिले हुने प्रिमियरमा सहभागीसँगै तीन दिनसम्म सन्नि नेपाल बस्ने कार्यक्रम रहेको छ । जुन समयमा उनले फिल्मको प्रचार प्रसारमा पनि सघाउने बताइएको छ । फिल्म सार्वजनिक रुपमा भने सेप्टेम्बर १३ तारिख अर्थात भदौ २७ मा देशभर एकसाथ प्रदर्शनमा आउनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button