मुख्य समाचारसमाचारहेडलार्इन

एटिएमबाट योजनावद्ध ढंगले पैसा चोर्ने चिनियाँ ह्यकर पक्राउ

[mashshare]

एटिएमबाट योजनावद्ध ढंगले पैसा चोर्ने चिनियाँ ह्याकर

प्रहरीले नेपाली एटिएम ह्याक गरेर रकम चोरी गर्ने पाँच चिनियाँ नागरिकलाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा चिनियाँ नागरिक चेन विन विन, झु लियाङ आङ, क्यु याङयिङ, लु जियालिङ र लिन जिनमिङ रहेका छन् ।
उनीहरु यही भदौ १३ गते मात्रै त्रिभुवन विमानस्थल भएर नेपाल प्रवेश गरेको र भदौ १६ गते सोमबार फर्कने योजना रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
एटिएमबाट एकै पटक ठूलो रकम निकालिएपछि बैंकका कर्मचारीले निगरानी गरेको र विदेशी नागरिकको शंकास्पद गतिबिधि देखिएपछि प्रहरीलाई खबर गरिएको थियो ।
प्रहरीले दरबारमार्गस्थित एटिएमबाट रकम निकाल्दै गर्दा सुरुमा एकजनालाई पक्राउ गरेको र त्यसपछि उनको बयानका आधारमा अरु चारजनालाई होटलबाट पक्राउ गरिएको जनाएको छ । होटलमा बसेका चारजना प्रहरी देख्नेबित्तिकै भाग्न खोजे पनि पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button