अर्थ खबरसमाचार

एनसेल करछलीमा ४० अर्बको चलखेल राप्रपा अध्यक्ष थापा

[mashshare]

टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको कर विवादमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुख खोलेका छन्। पूर्वउपप्रधानमन्त्रीसमेत रहेका थापाले बिहीबार सामाजिक संजाल ट्विटरमार्फत एनसेल कर विवादमा आफ्नो धारणा सार्वजनिक गरेका हुन्। उनले एनसेल कर छलीमा ४० अर्बको चलखेल भएको दाबी गरेका छन्।

अध्यक्ष थापाले सर्वोच्च अदालतले पनि भ्रष्टाचारीलाई नै फाइदा गरेको बताएका छन्। उनले भनेका छन एनसेल करछली नेपालको हालसम्मको सबैभन्दा ठूलो भ्रष्टाचार काण्ड हो । करिब ४० अर्बको चलखेल छ ।

यसबारे सर्वोच्च अदालतको पछिल्लो फैसलाले भ्रष्टाचारीलाई नै सघाउ र्पुयायो । एनसेल करछलीमा कसले चलखेल गरेको हो भन्ने स्पष्ट नपारेका अध्यक्ष थापाले संसद र जनताले नै यो मुद्दामा अन्तिम फैसला दिनुपर्ने धारणा सार्वजनिक गरेका छन्। उनले लेखेका छन, ुअब संसद र जनता नै अन्तिम विकल्प हो । राप्रपाले यो भ्रष्टाचार काण्डबारे सदनदेखि सडकसम्म आवाज उठाउने छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button