समाचारसमाज

वी पी प्रतिष्ठानको होस्टेलमा एक छात्राको शव

[mashshare]

सुनसरीको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको होस्टेलमा एक छात्राको शव भेटिएको छ । मंगलबार बिहान बि.एस.सी नर्सिङ पहिलो बर्षमा अध्ययनरत १९ बर्षीय अञ्जना देवको शव उनको साथीले भेटेकी हुन ।

मृतक अन्जना साथी संग होस्टलमा बस्दै आएकी थिईन । प्रहरीका अनुसार मृतक अञ्जना संगै कोठामा बस्ने साथी मंगलबार बिहान डिउटी परेका कारण डियुटी गएको र सकेर फर्कन्र्दा उनले ढोकामा पटकपटक ढकढक्याएकी थिइन ।

तर ढोका खुलेन । ढोका नखुलेपछि उनले चेपबाट चिहाएर हेर्दा अन्जना झुण्डिएको अवस्थामा देखिन । त्यसपछि सबैलाई गुुहारिन । कोठामा पछाडिपटिको ढोका खुला थियो ।

त्यहाँबाट भित्र छिरेर साथीहरुले नै मृतकलाई वीपी प्रतिष्ठानको आकस्मिक कक्षसम्म उपचार गर्न पुर्याएका थिए’, इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज वलीले भर्र्ने’ ।

साथी डियुटी गएकाले होस्टल कोठामा अन्जना एक्लै थिइन । बिहान कलेजका लागि अञ्जना साढे ७ बजेतिर होस्टल कोठाबाट बाहिएको तर पुनः कोठामै फर्किएर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएपनि आत्महतया हो होइन त्यसको अनुसन्धान भईरहेको निरीक्षक वलीले कोशीपोष्ट खबर संग कुरा गदै भने ।

उनका साथीहरुले अन्जनालाई अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको उनले जानकारी दिए । मृतकको शव वीपी प्रतिष्ठानको आकस्मिक कक्षमा राखिएको छ । उनका अभिभावक आईसकेको र थप अनुसन्धान अगाडी बढाईएको निरीक्षक वलीको भनाई छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button