समाचारसमाज

सुपर किडस मोडलद्वारा सडक बालबालिकालाई खाना

[mashshare]

सुपर किडस मोडलद्धारा सडक बालबालिकालाई खाना खुवाएको छ । सुपर किड्स मोडेल २०१९ का बिजेता युना खापुङले होप धरानको आयोजनामा धरानमा रहेका सडक बालबालिकालाई एक छाक खाना खुवाएको हो ।

सोमबार खाना खुवाइने कार्यक्रम शसस्त्र प्रहरी बल धरानका डिएसपी राजेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यमा खानाको व्यवस्था गरिएको थियो । डिएसपी श्रेष्ठले सकारात्मक सोचबाट भएका कामको प्रसंशा गरे । खाना खुवाउने कार्यक्रम रहेकोमा यसपटक सुपर किडस मोडेल बिजेता युना खापुङले प्रायोजन गरेको  होप धरानका अध्यक्ष निश्चल पलिखेले जानकारी दिए ।

पलिखेले धरान बालमैत्री वडाको कुरा गरिएको भए पनि धरानमा वरपर सडक बालक अलपत्र अवस्थामा रहेको बताए । आफ्नो पहल ठूलो नभए पनि एक छाक भात खाओस भन्ने सोचले हरेक सोमबार खुवाउने गरेको उनले बताए ।

धरानमा रहेका सडक बालक र पिण्डेष्वरम रहेका वृद्ध गरी पचास जनालाई खान खुवाएको छ । खाना खुवाउने कार्यक्रममा मिस स्टेट २०१९ का प्रतियोगीहरु पनि सहभागी रहेका थिए । समाजवादी पार्टी धरान नगर अध्यक्ष ताजुप लिम्बू,लायन क्लब अफ इटहरीका सुमि थापा नेवार एकता सनाज धरानका उपाध्यक्ष इन्दु श्रेष्ठले कार्यक्रममा बोलेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button