अर्थ खबरसमाचारहेडलार्इन

२५ औं रजत उत्सवको अबसरमा बराह ज्वेलरीले सुन, हिरा, कृषि सामग्री प्रदर्शनी गर्ने , असोज १५ सम्म ५० प्रतिशत छुट, भिडियो सहित ……

[mashshare]

दिल बहादुर राई

२५ औं रजत उत्सवको अवसरमा बराह ज्वेलरीले सुन,हिरा र कृषि सामाग्री प्रदर्शनी गर्ने भएको छ । प्रतिष्ठित व्यापारिक संस्था बराह समूहको २५ औं व्यवसायिक रजत उत्सवको अबसरमा असोज १३ गते प्रदर्शनी गर्ने भएको हो । शुक्रबार पत्रकार सम्मेलन मार्फत संस्थाले उत्सवकोे तयारी पूरा भएको जानकारी दिएको छ ।

सो उत्सवमा परम्परागत तथा आधुनिक गरगहना प्रदर्शनी एवं जानकारी, ज्वेलरी प्रदर्शनी, डाइमण्ड, सुन र चाँदीबाट बनेका गरगहना, सामग्री प्रदर्शनीमा राखिने धरान शाखाका प्रमुख एंव सञ्चालक मान बहादुर विश्वकर्मा दियालीले जानकारी दिए । प्रत्येक वर्ष भाद्र ५ गते मनाउँदै आएको बराह ज्वेलरीको स्थापना एंव वार्षिकोत्सव यस वर्ष संस्थाको परिकल्पनाकार स्वार्गीय ईन्द्र लामिछानेको जन्मदिन असोज १३ गते परेकाले यस वर्ष असोजमा व्यवस्थित र राम्रो तरिकाले उत्सब मनाउने सम्पूर्ण तयारी भईसकेको सञ्चालक विश्वकर्माले बताए ।

उत्सवको दिन दिन ७ बजेबाट रक्तदान, कृषि परिकारका प्रदर्शनी एवं जानकारी, बराह डिपार्टमेन्टल स्टोर, सदस्य कार्ड तथा छुटको कुपन वितरण, बराह फेमिली किचनका विभिन्न परिकारको जानकारी, परम्परागत तथा आधुनिक गरगहना निर्माणको प्रत्यक्ष अवलोकन राखिएको संस्थाका अध्यक्ष शिवकुमार लामिछानेले जानकारी दिए । ज्वेलरी फेसन शो, स्थानीय तथा राष्ट्रिय कलाकार मार्फत मनोरञ्जनात्मक कार्यक्रम समेत राखिएको उनले बताए ।

यस्तै, रजत उत्सवकै अवसरमा संस्थापक स्व। इन्द्रबहदुर विश्वकर्माको स्मृतिमा प्रकाशित पुस्तकको विमोचन, उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई गोल्डमेडल, बराह डिपार्टमेन्ट स्टोरका ग्राहकलाई उपहार वितरणा, १७ हजार २ सय ४ जना ग्राहक मध्येबाट १ जना भाग्यशाली ग्राहकलाई भेष्पा स्कुटी प्रदान, सञ्चारकर्मीलाई सम्मान तथा प्रोत्साहनको कार्यक्रम पनि राखिएको अध्यक्ष लामिछानेले जानकारी दिए ।

बराह डिपाटमेन्टमा २५ औं रजत उत्सवको अवसरमा सामान खरिद गर्दा २ देखि ५० प्रतिशत छुटको व्यवस्था गरिएकोे छ । सम्पूर्ण ग्राहक, शुभचिन्तकलाई छुटको अवसर लिन हुन पत्रकार सम्मेलन मार्फत संस्थाले अनुरोध गरेको छ ।

सामन्या व्यवसायबाट शुरू भएको बराह गु्रपले २५ वटा कम्पनी स्थापना गर्दै धरान, काठमाडौं, पोखरा, चितवन, हङकङ, युके र दुबई सम्म आफ्नो शाखा विस्तार गरीसकेको छ । फैलिएको छ । २०५२ साल भदौ ५ गते ‘बराह ज्वेलरी’ नामको सुनचाँदी व्यवासायबाट व्यापारी कारोबार शुरु गरिएको थियो ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button