अर्थ खबरसमाचार

धरान ८ मा बनबाटिका मार्ग उद्घाटन पूर्व महालेखा नियन्त्रकले भने(विकासमा धरान नमुन

[mashshare]

धरान । प्रदेश सरकारको ८४ लाख बजेट अनुदानमा धरान ८ बरगाछी स्थित बनबाटिका मार्ग निर्माण सम्पन्न भएको छ । असोज १३ गते नेपाल सरकारका पुर्व महालेखा नियन्त्रक सुरेश कुमार प्रधानले बाटोको उद्घाटन गरेका हुन् ।

सोही स्थानका स्थायी वासिन्दा समेत रहेका प्रधानले आफु १ नम्बर प्रदेशको मुख्यसचिव हुदाँ वा महालेखा नियन्त्रक हुँदा देशका अन्य क्षेत्रमा बिकासको अबलोकन गरेको बताए । उनले नेपाल सरकारको प्रतिनिधिका रुपमा विभिन्न जिल्ला तथा शहरको अनुगमन गर्दा धरान जत्तिको दिगो विकास अन्य क्षेत्रमा नपाएको भन्दै विकास निर्माणमा धरान अग्र पंतिमा रहेको बताए । हाल सेवा निवृत भएर पनि मुलुकको समृद्विका लागि आफु क्रियाशील रहेको बताए ।

पुर्व महालेखा नियन्त्रक प्रधानले रिवन काटेर उद्घाटन गरेपछि नवनिर्मित बाटोमा मञ्च बनाई बडा दशैको शुभकामना आदन प्रदान गरिएको बनबाटिका मार्ग उपभोक्ता समितिका सचिव लालबहादुर विश्वकर्माले जानकारी दिए । सडक उद्घाटन तथा शुभकामना कार्यक्रममा बोल्दै पत्रकार तारा लामगादेले केहि समयअघि हिलोले हिडि नसक्नु भएको बाटो आरसिसी ढलान गरेर साह्रै राम्रो बनाएकोमा स्थानीयहरुलाई बधाई दिए । आफ्नो टोलको विकास गर्न टोलवासी सक्रिय हुनुपर्नेमा उनले जोड दिए ।

निर्माण भएको सडकको हेरचाह र मर्मत सम्भार स्थानीय आफैले गर्नु पर्ने बताए । सोही अबसरमा अतिथिहरु किशोर श्रेष्ठ र पदम श्रेष्ठले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए । समितिका अध्यक्ष सनम श्रेष्ठ धर्मेन्द्रको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा जेष्ठ नागरिक पदमकुमारी श्रेष्ठ र रत्नबहादुर श्रेष्ठलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका पुर्व महालेखा नियन्त्रक सुरेशकुमार प्रधानलाई सम्मान पत्रद्वारा सम्मानित गरिएको थियो

बाटो निर्माणमा बिशेष सहयोग गर्ने दुर्गा श्रेष्ठ, प्रकाश ताम्राकार, देवबहादुर श्रेष्ठ, मिना श्रेष्ठ, कमल सरकार, कृष्णा श्रेष्ठ, मिना श्रेष्ठ र शुसिला श्रेष्ठलाई सम्मान गरिएको थियो । कार्यक्रममा अथितिहरुलाई रेणुका विश्वकर्माले स्वागत गरेकी थिइन भने स्थानीय उपभोक्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button