समाचारसमाज

कांग्रेस नेताको निधन

[mashshare]

नेपाली कांग्रेस धनकुटाका नेता तथा नेपाल भूतपूर्व सैनिक संघका पूर्व केन्द्रिय उपाध्यक्ष वरिष्ठ समाज सेवी मेजर स्वर्गीय बल वहादुर राउतको पार्थिव शरिरमा आज चार तारे झण्डा ओढाई नेपाली कांग्रेसले सम्मान सहित अन्तिम श्रद्धाञ्जली दिएपछी उहाको मुलघाट स्थित तमोर नदीमा अन्त्यष्टि गरिएको छ । अन्त्यष्टि गर्नु अघि नेपाल भूतपूर्व संनिक संघ धनकुटाले समेत नेपाल भूत पूर्व सैनिक संघका झण्डा ओढाई अन्तिम समाली दिएको थियो भने नेपाली सेनाले समेत अन्तिम सलामी दिएको थियो ।

नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेल,उपसभापति नविन किशोर शाक्य,सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,पूर्व जिल्ला सहसचिव राजन पौडेल,तरुण दलका क्षेत्रिय अध्यक्ष तिलक महत लगायतले पार्टीको चार तारे झण्डा र नेपाल भूतपूर्व सैनिक संघ धनकुटाका जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य धन वहादुर खड्का लगायत भूतपूर्व सैनिकहरुले भूतपूर्व सैनिक संघको झण्डा ओढाएर सम्मान व्यक्त गर्दै अन्तिम श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।

 


लामो समय देखी श्याव प्रश्वास सम्वन्धि समस्याका कारण विरामी हुनु भएका नेपाली कांग्रेस धनकुटाका नेता तथा नेपाल भूतपूर्व सैनिक संघका केन्द्रिय उपाध्यक्ष मेजर बल वहादुर राउतको ८२ बर्षको उमेरमा गएराती निधन भएको थियो । स्वर्गीय राउतलाई उहाका छोराहरु राजेन्द्र वहादुर राउत,नविन राउत र आशिष राउतले दाग वत्ती दिनु भएको थियो ।

नेता बल वहादुर राउतको निधनले नेपाली कांग्रेस धनकुटालाई अपुरणीय क्षती पुगेको भन्दै उहाले नेपाली कांग्रेसमा दिनु भएको योगदानको वारेमा जिल्ला सचिव विजय सन्तोषी राईले जानकारी गराउनु भएको थियो भने उहाको जिवनीको वारेमा नेपाल भूतपूर्व सैनिक संघका जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य धन वहादुर खड्काले बाचन गर्नु भएको थियो । नेता तथा समाजसेवी स्वर्गीय बल वहादुर राउत प्रति परिवारजन आफन्तजन र मलामीजन तथा नेपाली कांग्रेस धनकुटाका नेता तथा कार्यकर्ताहरुले फुलमाला लगाई दिई अन्तिम श्रद्धाञ्जली दिनु भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button