राजनीतिसमाचार

धरानमा हुने उप निर्वाचनका लागि गजेन्द्र इश्बो सर्वसम्मत मेयरमा उम्मेदवार घोषणा

[mashshare]

 

धरानमा आगमी मंसिर १४ गते हुने उप निर्वाचनका लागि समाजवादी पार्टीले मेयर पदमा गजेन्द्र इश्बोलाई सर्वसम्मत उम्मेदवार घोषणा गरेको छ । आईतवार बसेको समितिको बैठकले इश्बोलाई मेयर पदका लागि अनुमोदन गरेको हो । यसअघि पार्टीले सुबासचन्द्र राई,गजेन्द्र इश्बो र ताजुप लिम्बुको नाम प्रस्ताव गरेर पठाएका थिए ।

समाजवादीले नेपाली कांग्रेस संग गठबन्धनको प्रस्ताव समेत गरेका थिए । पार्टीले धरान नगर भित्रको वडा अध्यक्षहरुको संयुक्त बैठकले समेत गठबन्धन गर्न नहुने दवाब दिएका छ । यही कात्तिक २ गते शनिबार जिल्ला तथा प्रदेश र केन्द्रको धरानमा रहेका पदाधिकारी सल्लाहकार बिच भएको छलफले गठबन्धन नगरी एक्लै जानुपर्ने प्रस्ताव गरेको गरेको छ ।

सोही बैठकले ३ जनाको नामबाट सर्वसम्मत रुपमा गजेन्द्र इश्बोको नामलाई समर्थन गरेका हुन् । उक्त नामलाई नै आइतबार बसेको बैठकले अनुमोदन गर्दै आधिकारिक उम्मेदवार टुंगो लगाएको छ ।

पार्टीको वास्तविक जनाधार कति भन्ने समेत मापनको लागि पनि सिंगो उम्मेदवारी दिनुपर्ने दवाव बढेको हो । यस अघि स्थानीय चुनाबमा तत्कालीन माओवादी केन्द्रसंग गठबन्धन गर्दै मेयर दिएर उपमेयरमा पारस कांमाङलाई उम्मेदवार बनाएका थिए ।

आईतवार बसेको बैठकले निर्वाचन परिचालन समिति गठन गरेको छ। समितिको संयोजकमा शुभचन्द्र राई, सह संयोजक बिरेश थापा,तेन्जिङ शेर्पा,कृष्ण लिम्बू सहित अन्य थप्नेगरि समिति बनाएको छ।परिचालन समितिको सचिबमा ताजुप लिम्बू रहेका छन।समितिमा अन्य उपसमिति बनाउने भएको जानकारी समाजवादी नगर अध्यक्ष ताजुप लिम्बुले जानकारी दिएको छ।

बैठकमा वरिष्ठ नेता अशोक राईले बैठकले पारित गरेको निर्णयलाई प्रदेशमा पठाएर प्रदेशले केन्द्रमा पठाई केन्द्रबाट टिकट आउने बताए।जस्का लागि धरान उपमहानगरको रिक्त वडा नम्बर ७ को वडा अध्यक्षको नाम पनि संगै पठाउन आग्रह गरे। वरिष्ठ नेताले निर्वाचनलाई लक्षित गरेर पार्टी समायोजन कार्यक्रम पनि कार्तिक ८ गते धरानमा नै राखिएको बताए। सो अवसरमा उपप्रधानमन्त्री स्वास्थ्य मन्त्री पार्टी केन्द्रिय अध्यक्ष उपेन्द्र यादब पुर्व प्रधानमन्त्री तथा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई लगायतको उपस्थिति हुने जानकारी दिए।

राईले नेकपा एकीकरण कि मल्लयुद्ध भैरहेको र काङ्ग्रेस जनजागरणमा राजबिराजमा कुटाकुट हुँदै आएको बताए। पार्टी सत्तामा रहेको भन्दै त्यसमा स्वास्थ्य मन्त्रालय र शहरी बिकास मन्त्रालयमा काम रारो र उत्कृष्ट भएको दाबी गरे। समाजवादीले लिएको मन्त्रालयको काम उत्कृष्ट रहेकोमा प्रधानमन्त्री केपि ओलि पनि सन्तुष्ट रहेको दाबी गरे ।

कर केन्द्रमा अर्थमन्त्रालयले प्रदेशमा प्रदेशले र स्थानिय तहमा उत्तिकै करले जनताको ढाड सेक्ने काम गरेको बताए।धरानमा ३० वर्षदेखी कम्युनिस्टले जितिरहँदा धरानका व्यापार चौपट हुने,धराने जनता अन्यत्र जाने क्रम बढिरहेको अवस्थामा र्पुयाएको बताए।वर्तमान संघीयतालाई इङ्गित गर्दै पश्चिम तर्फ मगर र गुरुङ जुधाएको बताए।मध्य भागमा तामाङ र नेवार जुधाएको र पुर्वमा राई र लिम्बू जुधाउन खोजिएको भन्दै यस्ता संवेदनशील कुरामा आदिवासीहरु चनाखो हुन आवस्यक भएको बताए।जसका लागि आदिवासी एक हुन आवस्यक भएको बताए। नेपाल राष्ट्रिय एकताको लागि नै समाजवादी पार्टी रहेको बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button