नेपाल पत्रकार महासंघ धनकुटाद्रारा शुभकामना आदान प्रदान

धनकुटा
नेपाल पत्रकार महासंघ धनकुटाले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । तिहार,नेपाल सम्वत,छड,मंसिरे चाड पर्वको अवसरमा शनिबार धनकुटा शाखामा महासंघले शुभ कामना आदन प्रदान कार्यक्रम गरेको हो ।
कार्यक्रममा धनकुटा जिल्ला समन्वय समितिका प्रमुख टंक वहादुर चुवान,महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपाल,सहिदभूमी गाउपालिकाका अध्यक्ष मनोज राई,धनकुटाका प्रमुख जिल्ला अधिकारी डा.कृष्ण वहादुर घिमिरे,जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरिक्षक सुर्दशन राज कोईराला,नेपाल पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष तथा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राई,पूर्व अध्यक्ष खगेन्द्र घिमिरे,प्रदेश उपाध्यक्ष स्मिता निरौला,सदस्य सन्तोष रुचाल, नेकपा धनकुटाका सचिव ऋषिराम ढुंगाना,नेपाली कांग्रेस धनकुटाका कोषाध्यक्ष दिनेश राई,राप्रपा संयूक्त धनकुटाका मिन वहादुर कार्की,संघिय लोकतान्त्रिक मञ्चका चन्द्र सिंह नेम्वाङ्क सशस्त्र प्रहरी बल ६ नम्वर गुल्म छिन्ताङ्ग धनकुटाका प्रहरी नायव उपरिक्षक सचिन कर्माचार्य, जेष्ठ नागरिक धनकुटा नगरका अध्यक्ष टिका प्रसाद घिमिरे लगायतले शुभकामना तथा मन्तव्य राखेका थिए ।
नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठको अध्यक्षतमा सम्पन्न भएको शुभ कामना आदन प्रदान कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष नगेन्द्र राईले राखेका थिए । कार्यक्रमको संचालन महासंघका सचिव विदुर खवासले गरेका थिए । शुभकामना आदान प्रदान कार्यक्रमको अवसरमा हाउजी पनि खेलाईएको थियो । सो खेलमा डम्वर रोगु,राम प्रसाद रामा,सुचन धमला,नगेन्द्र राई,हरी वहादुर लम्जेल,सरिता वराईली बिजेता भएका थिए । हाउजीमा विजेता भएकालाई नगद पुरस्कार प्रदान गरिएको थियो । शुभकामना कार्यक्रमका सहभागीहरुले संविधानको कार्यन्वयनका साथ प्रेस स्वतन्तत्रा र पत्रकारहरुको भौतिक तथा पेशागत सुरक्षाको लागि जोड दिदै शुभ कामना आदान प्रदान गरेका थिए ।