गीत संगीतसमाचारहेडलार्इन

लिम्बु जातिको प्रथम ऐतिहासिक लिम्बु र्याप गीत नुमा नुमा दर्शकले अत्याधिक मन पराए , भिडियो सहित

[mashshare]

लिम्बु जातिको प्रथम ऐतिहासिक लिम्बु र्याप गीत “नुमा नुमा, नुमा” दर्शकले अत्याधिक मन पराएका छन् । यही कात्र्तिक ७ गते नेपाल पत्रकार महासंघ सुनसरीको धरानमा पत्रकार सम्मेलन गरी लिम्बु र्याप गीत “नुमा, नुमा,नुमा” सार्वजनिक गरिएको थियो । पत्रकार सम्मेलन मार्फत गीत सार्वजनिक गरी धरानबाट संचालन भईरहेको पूर्वाञ्चल डि.बि.आर टिःभी  ( Purwanchal dbr Tv )  युटुबमा पोष्ट गरिएको लिम्बुहरुको संस्कार,संस्कति र भेषभेषा सहितको भिडियो अहिले भाईरल बनेको छ ।

लिम्बुहरुको कला, संस्कार,संस्कति र भेषभेषा सहित पहिलो पटक लिम्बु ¥याप गीतको भिडियो निर्माण भएकाले दर्शकले अत्याधिक मन पराईरहेको गायक राजकुमार वनेमले जानकारी दिए । भिडियोलाई पदम कुमार लिम्बूले निर्देशन गरेका हुन । उनले भने “हामीले लिम्बू सँस्कृतिको धान नाचलाई समेटेका छौ, धान नाच्न नमान्ने सोल्टीलाई जबर्जस्ति उठाएर लाने कुरालाई गीतमा समेटेका छौ,यो खान्ङ्ग थेनिगको भाग एक हो’ गायक वनेमले भने ।

भिडियोमा क्यामेरा र एडिटरको भुमिका नगेन्द्र राइले निर्वाह गरेका छ्न । उक्त गीतमा सङ्गीत हेम लिम्बूले भरेका हुन भने गीत लेखक गायक राज कुमार वनेम नै हुन् । ‘नयाँ पुस्तालाई समेट्दै लिम्बू भाषामा पहिलो पटक र्याप गीत ल्याएका हौ, भाषा सँस्कृतिलाई जगेर्ना गर्दै पछिल्लो पुस्तालाई हस्तान्तरण गर्न मद्दत मिल्छ भन्ने आशा लिएका छौ ’ गायक तथा लेखक वनेमले कोशी पोष्ट अनलाईन डटकम संग कुरा गदै भने ।
¥याप गीतको भिडियो धरानको बगरकोट, धनकुटाको सल्लेरी र हिले लगायतका क्षेत्रमा छायाङ्कन गरिएको गायक वनेमले बताए ।

भिडियोमा काब्या राई, मनिका तामाङ, साजन लिम्बू, सीता कार्की, लाजेहाङ लिम्बू, पदम सुब्बा, राजकुमार लिम्बू लगायत कलाकारहरुको अभिनय रहेको छ ।  लिम्बु जातिको प्रथम लिम्बु र्याप गीत युटुबमा सार्वजनिक भएपछि दर्शकले अत्याधिक मन पराएकाले खान्ङ्ग थेनिग समूहले दर्शकको मनोभावना लाई मध्य नजर गदै चाडै चलचित्र निर्माण गर्नेे गायक तथा लेखक राज कुमार वनेम र लाजेहाङ लिम्बुले कोशी पोष्ट अनलाईन डटकम संग कुरा गदै जानकारी दिए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button