राजनीतिसमाचार

मेयरका उम्मेदवार इस्बोले मनाए पप्पी डे

[mashshare]

समाजवादी पाटीका मेयरका उम्मेदवार गजेन्द्र ईस्बोले पप्पी डे मनाएका छन् । उपमहानगरपालिकामा हुन लागेकेो उप निर्वाचनका समाजवादी पार्टीका मेयर उम्मेदवार गजेन्द्र इस्बोले पप्पी डे गोर्खा भुपु दिवस मनाएको हो ।
गोर्खा भुपु सैनिक समेत रहेका उम्मेदवार इस्बोले धरान वडा २० नम्बर वडा स्थित मोछामारामा रहेको गोर्खा स्मृति पार्कमा फुलको गुच्छा अर्पण गरेर पप्पी डे भुपु गोर्खा सिवस मनाएका हुन् ।

ईस्बोले यस अघि धरानमा रक्तदान सहित विविध कार्यक्रम गरेर पप्पी डे मनाउने गरेका थिए । यस वर्ष देखि गोर्खा भुपु पार्कमा दिवस मनाउन शुरु गरेको इस्बोले जानकारी दिए । उनले भुपुहरुको पहलमा गोर्खा पार्क बनाउन शुरु गरेको भन्दै आफूले पनि समाचारमा थाहा भए अनुसार राज्यले पार्कलाई चासो देखाएको उनले बताए ।

राज्यले चोसो देखाएको प्रति ईस्बोले आभार व्यक्त गर्न चाहेको प्रस्ट पारे । प्रथम र दोस्रो विश्व युद्धमा ज्यान गुमाएका हजारौँ पुर्खाहरूको स्मृति हरेक ११ नोभेम्बर पप्पी दिवस मनाउने गरिएको इस्बोले जानकारी दिए । पप्पी दिवस भनेकै गोर्खाहरूको सम्झना भएको उनको कथन थियो । विगतका वर्षहरूमा ११ नोभेम्बरको दिनलाई पप्पी डेको रुपमा मात्र मनाउँदै आएका भुपु गोर्खा सैनिकहरूले यस वर्षदेखि भने पुर्खा दिवस समेत भन्न श्ुरु गरेका छन् ।

पप्पी एक प्रकारको फुल हो जुन हावा लाग्दा सैनिकको छात्रा टोपी जस्तै हुने भएकोले तत्काल युद्धको बेला त्यो फुल फुलेको अवस्थामा रहेको भुपू जानकारहरु बताउँछन् । त्यही पप्पी फुललाई सैनिकको छ्त्रे टोपीको बिम्ब बनाएर मार्मिक कविता लेखेकोले यसको महत्व अझ बढेर गएको उनीहरुको भनाई छ ।

पप्पी दिवस विश्वभर ११ नोभेम्बर मनाउनको कारण युद्धमा कैयौँको सम्झनामा गोर्खा सैनिक मारिएकोले सम्झना गर्दै मनाउने प्रचलन रही आएको छ । युरोपमा सम्मान स्वरूप नोभेम्बर महिनाभरी नै छातीमा पप्पी फूल सिउरिने चलन छ । गजेन्द्र इस्बोका अनुसार पहिलो विश्वयुद्ध चलिरहँदा जर्मनी र युके, फ्रान्सको संयुक्त फोस्र्बिच फ्रान्सको उत्तरी क्षेत्रमा भीषण युद्ध भइरहेको प्रत्यसी इस्बोको भनाई छ ।
पहिलो विश्वयुद्धको अन्त्य सन् १९१८ नोभेम्बर९११० ११ तारिखको ११ बजे घोषणा भएको थियो भने सन १९२१ नोभेम्बर ९११० ÷ ११ तारिखको ११ बजेदेखि सबैले पप्पी फूल लगाउन थालेर पप्पी डे मनाउन शुरुवात गरिएको हो ।

उप निर्वाचन नजिक आएकोले वडा नम्बर २० का युवाहरु सँग पनि उम्मेदवार भुपु सैनिक गजेन्द्र इस्बोले भेटघाट गरेको गरेका थिए । धरानबाट गएको समाजवादी युवा प्रदेश अध्यक्ष श्री सुब्बा,मदन तामाङ, करुण राई, क्षितिज मगर, रवि पाख्रिन सहितको समूहले समेत युवाहरु सँग भेटघाट गरेको हुन् । भेटघाटपछि संयोजक मिलन राई, सदस्य युमन लिम्बू, निश्चल कुलुङ, उज्ज्वल राई, तुलबहादुर राई, सुमोन राई, रुपेन्द्र,राई, सल्लाहकार इन्द्र राई रहेको वडा नम्बर निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । समाजवादी पार्टीको वडा नम्बर २० मा आगमी मंसिर ३ गते घरदैलो कार्यक्रम तय गरिएको समाजवादी पार्टीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button