समाचारस्वास्थ्यहेडलार्इन

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार हुदै,भिडियो सहित ..

[mashshare]

भोजपुरकी एक ३३ वर्षिय महिलाको दुवै स्तनको निप्पल काटिएको छ । २०७६ मंसिर ४ गते बुधबार खोलामा लुगा धुन गएको बेला महिलाको निप्पल काटिएको उनका अभिभावकले बताए । यो घटना नेपालमा पहिलो पटक भएकाले घटना घटेपछि प्रहरी प्रशासन, चिकित्सक समेत आश्चार्यमा परेका छन ।

अहिले विभिन्न सामजिक संजालमा ‘महिलाको दुवै स्तन’ नै काटिएको भनेर ब्यापक हल्ला गरेतापनि त्यसमा सत्यता नरहेको उनका जन्म दिने आमा बाबुले बताए । वास्तविकता घटना महिलाको दुवै स्तनको निप्पल काटिएको चाहि सत्य भएकोे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत फरेन्सी विभाग प्रमुख डा. शिवेन्द्र झाले जानकारी दिए । ‘उपचार गराइरहेकी महिलाको स्तन होइन उनको दुवै स्तनको निप्पल चाहि काटिएको सत्य हो उपचारमा संलग्न डा. झा ले भने

भोजपुर जिल्लाकोे षडानन्द नगरपालिकामा अपरिचित समूहले बुधबार अन्दाजी दिनको ११ बजेतिर यस्तो घटना घटाएर फरार भएको उनका अभिभावक बताउँछन् । आफन्त सविन तामाङ (नाम परिवर्तन) का अनुसार आफू नगरपालिकामा काम गरिरहेको अवस्थामा स्थानीयले करिब १ बजे फोन गरेर भने–यहाँ झट्टै आउनुहोस न भने,उनी कुद्दै त्यहाँ पुगे । पुग्दा पिडित महिलाका श्रीमानले घटनाको जाकारी गराए ।

श्रीमानको भनाइ उद्धृत गर्दै उनले भने–भाउजुको त दुवै निप्पल काटिएको अवस्था रहेछ । श्रीमानका अनुसार घटना घटेको आधा घण्टापछि ‘मरें मरें’ भन्दै घरमा आईपुगेकी थिइन रे । श्रीमानले के भयो भनेर सोधीखोजी गरेपछि ‘मरें मरें’ मात्रै भनेको र पछि निकै केरकारपछि ती महिलाले श्रीमानलाई घटनाको जानकारी गराएकी थिइन रे उनले भने । ‘सोधीखोजीपछि स्तनको निप्पल काटिएको भनेपछि हामीले तत्कालै हस्पिटल लग्यौं, त्यहाँ उपचार हुन नसकेपछि धरान वीपी मा ल्याएका हौं’ उनले भने हो । पिडित महिलालाई भोजपुर स्थित दिङ्ला अस्पताल लगिएको आफन्तको भनाइ छ । भोजपुरमा उपचार हुन नसक्ने जानकारी पाएपछि बुधबार नै उनीहरूले बीपी प्रतिष्ठान धरान ल्याएको बिरामीको आफन्त बताउँछन ।

पिडित महिलाका अनुसार कपडा धोईसकेपछि फर्किने क्रममा अपरिचित व्यक्ति आई समातेर अलि मास्तिर लगेर निप्पल काटिएको बताएकी छिन । ‘पछाडिबाट आएर समातेर स्तनको निप्पलको भाग काटेर फरार भएको भन्ने बयान पिडित महिलाले दिएको छ ।’, घटनाको सुक्ष्म अध्ययन भइरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button