राजनीतिसमाचारहेडलार्इन

कांग्रेसका नेताद्वरा कम्युनिष्टलाई सच्चिने मौका दिन धराने जनतालाई आग्रह

[mashshare]

धरान

नेपाली काग्रेसका केन्द्रीय नेताहरुले धरानवासिलाई मंसिर १४ गते हुने उप–निर्वाचनमा मत र मन बदलेर कांग्रेसलाई भोट दिएर कम्युनिष्टलाई सच्चिने मौका दिन आग्रह गरेका छन । धरानमा आयोजित बृहत चुनाबी सभामा सम्बोधन गर्दै सभापति शेरबहादुर देउवा लगाएका नेताहरुले कम्युनिष्ट सरकारले जनताको आन्दोलनबाट प्राप्ती लोकतन्त्र बिरुद्ध वर्तमान सरकार धावा बोलीरहेको आरोप लगाउदै नेताहरुले वर्तमान केपि ओलिको नेत्रित्वको सरकार भष्ट्राचारी , माफिया , कालाबजारी , गफाडी, अलोकतान्त्रिक सरकार भएकाले ९ वटा निर्वाचनमा कम्युनिष्ट पार्टीलाई मत दिएर बिजयी गराएका धरानबासीलाई यसपाली कांग्रेसलाई मत दिएर कम्युनिष्ट नेताहरुलाई तिमिहरु सच्चिनु पर्ने सन्देश दिन आग्रह गरे ।

मङलवार धरान भानुचौक आयोजना गरेको बिशाल जनसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापती एवं पुर्व प्रधानमन्त्री शेरवहादुर देउवाले बर्तमान सरकारका प्रधानमन्त्री केपी ओली राणा शासक जस्तै तानाशाही बन्दै गएको समेत आरोप लगाए । उनले सरकारले लोकतन्त्र , प्रजातन्त्रमा जनताको अधिकारलाई खुम्चाउने,अराजक शैलीमा प्रजातन्त्र बिरुद्ध काम गरिरहेको बताउँदै उनले भने ”संसदलाई बन्धक बनाएर अध्यादेश मार्फत मिडिया काउन्सील विधेयक, मानव अधिकार विधेयक, गुठि बिधेक जस्ता असंबैधानिक बिधेयकहरु ल्याएर जनताको अधिकार खोस्न खोजिरहेको छ ।

संवैधानिक अंगहरुलाई अधिनमा ल्याएर प्रजातान्त्रलाई निस्तेष पार्ने काम गरिरहेको छ । “ कांग्रेसको सरकारको पालामा भएका नियुक्तिहरुलाई हटाइ रहेको छ । यसले राजनिती द्वन्द्व निम्ताउन सक्छ भन्दै देउवालाई सचेत हुन आग्रह समेत गरे । उनले नेपाली कांग्रेसका युवा नेता तिलक राईलाई भोट दिएर धराने जनता शिक्षित रहेको पुष्टि गर्न आग्रह समेत गरे ।

सभाका प्रमुख बक्ता रहेका नेपाली कांग्रेसका युवा नेता गगन थापाले धराने जनता बदलिए मात्र धरान बिकास हुने भएकाले त्यसकालागि यसपालीको उप–निर्वाचनमा धरानका जनताले कांग्रेसका उम्मेद्वार तिलक राईलाई मत दिएर धरानलाई समृद्ध सहर र कम्युनिष्टलाई सुध्रने मौका दिन आग्रह गरे । उनले धरानको मौलिकता र आधुनिकतालाई २८ बर्ष शाशन गरेका कम्युनिष्टले भोट संग साटेर खाएको भन्दै धराने जनता बाँचे पनि हास्न छाडेको बताए र यस धरानबासीको मुहारबाट खुशि खोस्ने काम कम्युनिष्टका नेताले गरेको आरोप समेत लगाए ।
कम्युनिष्टले केही पनि बद्ल्न नसक्ने बताउदै उनले भने ‘केपि ओलीको राष्ट्रबादको धोति खुस्कि सकेको छ ।

कम्युनिष्टका नेताहरु भष्ट्रचारीको मसिया भएर निस्किएका छन त्यसकारण कम्युनिष्टबाट केही परिवर्तन पनि सम्भव छैन’ । बिगतमा केपि ओलिले देखाएको सपना सम्झदै थापाले भने कुरा मात्र गर्ने यो सरकार गफाडी हो । दुई बर्षमा आउछ भनेको पानी जहाज र रेल खै कहाँ सम्म आयो भन्दै प्रधानमन्त्रीलाई प्रश्न गर्दै भने युवा रोजगारीको कुरा कहाँ पुग्यो दुई बर्षमा नेपालमा ५ सय उद्योग बन्द भई सकेको छ ।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारले शाही आयोग जस्तै बनाउने योजना रहेको बताउदै उनले भने सरकारले सुचना प्रबिधि ऐन ल्याएर मिडियालाई अंकुस लगाउदैछ, करले जनताको ढाड सेकेर राष्ट्रपतीलाई महारानीको रुपमा अलोकप्रिय बनाउदैछ, नेपाली जनताको स्वतन्त्रता हरण गर्ने काम केपि ओलिले गर्दैछ , भारतले सिमा मिच्दा पनि सरकार चुइक्क बोल्दैन , वाइडवडि काण्डले सरकार भष्टा«चारीको अखडा हो भन्ने पुष्टि भइसकेको छ’ युवा नेता थापाले भने ।

सभामा बोल्दै नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले वर्तमान सरकार अधिनायकबादी, भष्ट्राचारी ,बिकास बिरोधी भएको आरोप लगाइन । उनले हत्या हिंसा , बलात्कार , भष्ट्राचारलाई संरकारले प्रश्रय दिएको बताउदै उनले भनिन सरकारले देशमा मच्चाएको लुटतन्त्र बिरुद्ध धरानबासी कांग्रेसको तिलक राईलाई मत दिनु पर्छ । वाइडवडी, बुढिगण्डकी, मेलभ्ची , वालुबाटर काण्ड , सुनकाण्डले पिल्सिएको काण्डै काण्डको सरकारलाई खबरदारी स्वरुप परिवर्तनको पक्षधर युवा नेता तिलक राई धरानको बिकासको योग्य पात्र भएको दाबी उनले गरिन ।
त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पुर्व मन्त्री महेश आचार्यले प्रदेश नं १ को प्रमुखमा धनकुटाका प्रा.डा.गोबिन्द सुब्बालाई हटाएर कास्कीका नेतालाइ प्रदेश प्रमुखमा नियुक्ती दिएर आदिबासी जनजातीको सरकारलाई पक्षपाती गरेको बताए । उनले सरकारलाई गल्ती गरेको महशुस गराउन कांग्रेसको पक्षमा मतदान गर्न आग्रह गर्दै उनले भने कांग्रेसका तिलकले धरानलाई एकताको शहर बनाउने छन, धरानलाई पुर्बी पहाडी क्षेत्रको केन्द्रको रुप दिनेछन, कम्युनिष्टले धराने जनतालाई भोट बैंक बनाउदै आएको बताउदै आचार्यले भने गत साता हङकङमा भएको निर्वाचन जस्तै धरानमा धराने जनताले ९५ प्रतिशत मत कांग्रेसलाई दिने दाबि गरे ।

सुकुम्बासीलाई लाल पुर्जा दिन्छु भने गफाडी कम्युनिष्टले महा सचिब बिष्णु पौडेललाई बालुवाटारको जमिन पास गरिदिइसकेको छ । अब गरिब जनताको वकालत गर्छु भनेर झुटोको खोति गरीरहेको उनको भनाई थियो । क्षेत्रिय सभापति सुरेशमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै मेयरका उमेदवार तिलक राईले बिजयी भए पछि नगरपालीकाबाट कुनै सेवा र सुबिधा नलिने समेत घोषणा गरे । उनले बिजयी पश्चात २८ बर्ष देखि नगरपालिकामा भएको नितिगत भष्ट्रचार बाहिर ल्याउने उघोष गर्दै उनले भने २८ बर्ष सम्मा नेकपाले गरेको काम निर्वाचनको मुखमा धराने जनताले पत्रपत्रिकाबाट हेरेर महशुष गर्दैछन ,

धराने जनताले मागेको खानेपानी, बसपार्क , सडकहरु भटाभटा पत्रिकामा आएको भन्दै कम्युनिष्टले २८ बर्षमा धरानलाई प्रयोग साला भनाएको दाबि गरे। उनले धराने जनतालाइ परिवर्तनको पक्षमा उभिन आग्रह गर्दै धरान बिकासकालागि तपाइहरुको सारथि बन्न मौका दिन उनले आग्रह समेत गरे । कम्युनिस्टले बढाएको कर घटाउने एजेण्डा सहित भष्टचारको अन्त्य र धरानको बिकासमा काम गर्ने योजनामा साथ दिन आम धराने जनतालाई रुखमा मत हालेर बिजयी गराउन आग्रह समेत गरे ।

नेपाली कांग्रेसका जिल्ला सचिब सुजेन्द गोले तामाङ्गले सन्चालन गरेको कार्यक्रंममा नेपाली कांग्रेसका उप सभापति बिमलेन्द्र निधि, केन्द्रीय सदस्य रामसरण महत लगाएका नेताहरुले धरानको सुकुम्बासी समस्यको अन्त्य गराउन तिलक राई लाई जिताउनु पर्ने आग्रह गरे ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button