
चुनावी प्रचारप्रचारमा हिडिँरहेका महिलालाई हातपात गरेको आरोपमा नेपाली कांग्रेसका नेता धरान —८ बाट पक्राउ परेका छन । नेपाली कांग्रेसका महाधिवेसन प्रतिनिधि नन्दकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो । धरान उपमहानगरपालिका वडा नं.८ को सभागृह अगाडी नेकपाको चुनावी प्रचार अभियानमा रहेका महिला समुहलाई राईको नेतृत्वमा रहेको समुहले हातपात गरेका थिए ।
हातपात गर्दै कांग्रेसका नेता राईले रगतको खोला बगाईदिने,धम्की समेत दिएको नेकपाका प्रचार प्रसारमा हिडेका महिलाको भनाई छ । कांग्रेसलाई भोट नहाले कुखुराको भालेलाई जस्तै निमोठेर फालिदिने लगायतका गाली गर्दै महिलाहरुलाई राईले ठेलठाल गरेका थिए । नेकपाका उम्मेदवार प्रकाश राईको तस्वीर सहितको पर्चा टाँस्दै गरेका महिलासँग गम र पर्चाको विटो खोसाखोस हुँदा गम पोखिएको र पर्चा च्यातिएका चुनावी अभियानमा हिडेका नेकपाका महिलाहरु बताउँछन ।
कांग्रेसका नेता राईले मेरो टोलमा पर्चा नटाँस् भन्दै धम्की समेत दिएको स्थानीय महिला लोककुमारी श्रेष्ठले बताईन् । यो कार्य निर्वाचन आंचरसंहिता विपरित समेत रहेको छ । कसैको चुनावी प्रचार अभियानलाई अवरोध गर्ने कार्य गरे वा पर्चा च्याते जेल सजाय र जरिवना हुने प्रावधान रहेको छ ।
स्थानीय महिलाहरुको उजुरीको आधारमा नन्दकुमार राईलाई ईलाका प्रहरी कार्यालयले धरानले पक्राउ गरिएको प्रहरीले बताए । नेता राई २०७४ को निर्वाचनमा धरान वडा नं. ८ मा कांग्रेसको तर्फबाट वडाध्यक्ष पदमाा उम्मेदवार भई तत्कालिन एमालेका उम्मेदवार रुद्र लिम्बुसँग पराजित भएका थिए । राई कांग्रेस निकट आदीबासी जनजाति जिल्ला समिति सुनसरीका अध्यक्ष समेत हुन ।