
भारतबाट अवैध रुपमा भित्राईएको करिब साढे ४ लाख मूल्य बराबरको सुर्तीजन्य पदार्थ प्रहरीले नेपालगंजबाट बरामद गरेको छ । नेपालगंज उपमहानगरपालिका (१६ जयसपुरबाट करिब ३ लाख १० हजार मूल्य बराबरको १५।५ क्विन्टल र उक्त स्थान भन्दा करिब ३० मिटर टाढा परालमा लुकाएर राखेको अवस्थामा थप १ लाख ४० हजार मूल्य बराबरको सुर्तीजन्य पदार्थ आइतबार बिहान बरामद गरेको प्रहरीले जनाएको छ ।
इतराम बाबा मन्दिर पछाडि लुकाएर राखेको अवस्थामा वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले सो परिमाणको सुर्तीजन्य पदार्थ बरामद गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।