राजनीतिसमाचार

सयौ यूवा कांगे्रसमा प्रवेश

[mashshare]

धनकुटा ,

सयौ युवाहरु कांग्रसेमा प्रदेश भएको छ । धनकुटाको छथरजोरपाटीमा सयौ यूवा नेपाली कांग्रेसमा प्रवेश भएको हो । कांग्रेसमय भएको आज नेपाली कांग्रेसले जनाएको छ । आफ्नो पुख्यौली घर धनकुटा जिल्लाको छथरजोरपाटी आज पूर्व मन्त्री तथा नेपाली कांग्रेसका प्रभावशाली केन्द्रिय सदस्य मिनेन्द्र रिजालले विभिन्न पार्टीका सयौ नेता तथा कार्यकर्ताहरुलाई नेपाली कांग्रेसमा प्रवेश गराउदै राजनैतिक कान्तिको नेतृत्व गरेको कांग्रेसले अव आर्थिक कान्तिको नेतृत्व गर्ने वताउनु भयो ।

सो अवसरमा छथर जोरपाटीका विभिन्न वडाहरुबाट नेकपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नु हुने नेकपाका यूवा नेता गिरिजा दाहाल,राम राई,सरद कार्की,ख्याम वहादुर मगर,प्रविना नेपाली,खिन्द्र वहादुर लिम्बु,डिल्ली वहादुर भट्टराई,निर कुमार श्रेष्ठ,राम बहादुर दर्जी,सरोज लिम्बु ,राज कुमार राई,पारस राई,महेन्द्र फुयल,दोर्जी शेर्पा,लोक वहादुर घिमिरे,रमेश थपा,धन वहादुर घिमिरे,नवराज ओझा,बिमल लिम्बु,मन वहादुर लिम्बु,कुल वहादुर लिम्बु,मझमक दर्जी,भीम वहादुर लिम्बु,देवराज लिम्बु,नविक लिम्बु,मिन वहादुर लिम्बु,बिमल लिम्बु,सुष्मा लिम्बु, अमर वहादुर खडका,भीम वहादुर दाहाल,मिलन दाहाल,टिका भूजेल,गोकुल दाहाल,प्रकाश मगर,सन्तोष तामांग,निमा तामां,,कलम भूजmे,सरद कार्की,बिमला दाहाल,बिक्रम कार्की,लगायत १सय २७ जनालाई नेपाली कांग्रेसका नेता तथा केन्द्रिय सदस्य मिनेन्द्र रिजाल,धनकुटका सभापति अग्नी प्रसाद पौडेल,मोरङ्ग सभापति डिक वहादुर लिम्बु,धनकुटका उपसभापति नबिन किशोर शाक्य,सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई ,जिल्ला सदस्य निर्मल ओझा,कमोट फागु,क्षेत्रिय सभापति इन्दिरा थापा,छथरका सभापति छत्र सुब्बा,टिका भण्डारी,धिरेन्द्र मिश्र लगायतले फुल माला अविर लगाई दिई नेपाली कांग्रेसमा स्वागत गर्दै नेपाली कांग्रेसको सदस्यता प्रदान गर्नु भएको थियो । सो अवसरमा नव प्रवेशीहरुको तर्फबाट नेपाली कांग्रेसले मात्र अव मुलुकलाई सही रुपमा नेतृत्व गरेर अगाडी बढाउने सक्ने र मुलुकलाई चाडैनै समृद्धी बनाउन सक्ने भएकाले कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस छथरजोरपाटी वडा नं. ६ का सभापति नबिन श्रेष्ठले बताए ।

सो अवसरमा नेपाली कांग्रेस मोरङ्ग सभापति तथा संविधान सभा सदस्य डिक वहादुर लिम्बुले मुलुकभर कांग्रेसको पक्षमा जनलहर आएकोले अव कांग्रेसले पनि आफुलाई रुपान्तरण गर्नु पर्ने वताउनु भयो । नेपाली कांग्रेस धनकुटका सभापति अग्नी प्रसाद पौडेल,प्रतिनिधि सभाका सदस्य प्रकाश रसाईली,संविधान सभाका सदस्य अञ्जना ताम्ली,नेपाली कांग्रेस धनकुटका उपसभापति नविन किशोर शाक्य,सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,महासमिति सदस्य इन्दिरा थापा,जिल्ला सदस्यहरु कमोट फागु,निर्मल ओझा,नेपाल महिला संघका पूर्व केन्द्रिय सदस्य टिका भण्डारी लगायत अव कांग्रेसले जनताका पक्षमा सडक,सधन लगायत सवै क्षेत्रमा सशक्त प्रतिपक्षको भूमीका निर्वाह गर्ने बताए ।

नेपाली कांग्रेस छथरजोरपाटी धनकुटाका सभापति छत्र सुब्बाको अध्यक्षतामा सम्पन्न भएको सभा तथा पार्टी प्रवेश कार्यक्रममा नेपाल शिक्षक संघ धनकुटका अध्यक्ष थिरेन्द्र वहादुर लिम्बु,नेपाल प्रेस युनियनका अध्यक्ष हिमा चेम्जोङ्ग,नेपाल तरुण दल धनकुटका उपाध्यक्ष युवराज पराजुली,नेपाल विद्यार्थी संघ धनकुटाका अध्यक्ष बालानन्द दाहाल,नेपाल दलित संघ धनकुटका उपाध्यक्ष हरी दियाली लगायतले छथरजोरपाटी लगायत समग्र धनकुटाको विकास र समृद्धीका लागी धनकुटा कांग्रेसले अभियान संचालन गर्ने वताएका हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button