पर्यटनसमाचार

भेडेटारमा खाना महोत्सव हुने

[mashshare]

धनकुटा,

धनकुटाको साँगुरीगढी गाउँपालिका भेडेटारमा खाना महोत्सव हुने भएको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा पर्यटकिय स्थल भेडेटारमा ३ दिने (फुड फेस्टिवल) खाना महोत्सको आयोजना हुने भएको हो ।

होटल एशोसिएसन भेडेटारको आयोजनामा आठौं संस्करणको खाना महोत्सव (फेस्टिवल) यही पौष १५, देखि १७ गते सम्म सञ्चालन गरिने सोमबार पत्रकार सम्मेलन गरी होटल एसोसिएशन भेडेटारले जानकारी दिएको छ । भेडेटारमा विगत ८ बर्षदेखि (फेस्टिवल) खाना महोत्सव हुदै आएको छ । पत्रकार सम्मेलन मार्फत महोत्सवमा २५ देखि ३० वटा सम्म स्टलहरु राखिने एशोसिएसनका महासचिब आषिश राईले जानकारी दिएका हुन् । महोत्सवमा स्थानीय मौलिक खानाका परिकारहरु तथा स्थानीय स्तरमा उत्पादन गरिएका कृषिजन्य बस्तुहरु, हस्तकलाका सामग्रीहरु प्रदर्शनमा राखिने महासचिव राईले बताए ।

फेस्टिवलमा १ करोड बराबरकोे आर्थिक कारोबार हुने आयोजकको अनुमान छ । महोत्सवमा २० देखी ३० हजार सम्म पर्यटक भित्राउने लक्ष्य राखिएको होटल एसोसिएशन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए । फेस्टिवलमा भारतको वेष्ट बंगाल, विहार, दार्जिलिङ, सिक्किम लगायतका पर्यटकहरु आउने अध्यक्ष राईले सुनाए । मुख्य भेडेटार बजार सहित आसपासका क्षेत्र काम्फेक थुम्की, नाम्जे र सिम्सुवा (नमस्त)े झरना सम्म महोत्सव स्थल तोकिएको पत्रकार सम्मेलनमा अध्यक्ष राईले बताए । गत वर्ष झै यस वर्ष पनि भेडेटार चोक देखि आसपासमा स्टल राखिने व्यावस्था मिलाईएको अध्यक्ष राईले जानकारी दिए ।

महोत्सवमा भेडेटार सहित आसापासका पर्यटकीय क्षेत्रहरुको पर्यटन प्रबद्र्धन गर्न फेस्टिवलको आयोजना गरिदै आएको राईले बताए । ‘भेडेटारसहित आसपासका क्षेत्रहरुको पर्यटन प्रबद्र्धनमा हामी लागिरहेका छौं, उनले भने, । ‘स्थानीय खानाका परिकार राई, लिम्बु, मगर, नेवार जातीको खानाका परिकार र स्थानीय कृषिजन्य बस्तुहरु, हस्तकला, घरेलु सामग्रीहरुको प्रबद्र्धन गछौ ।’ यसपाली नेपाल सरकारको नेपाल भ्रमण बर्ष २०२० को प्रर्वद्धनको लागि पनि फुड फेस्टिवल लक्षित हुने अध्यक्ष राईले बताए । अंग्रेजी नयाँ बर्ष मनाउन भारतीय पर्यटकहरु भेडेटार आउने गरेका छन् । तिनै भारतीय पर्यटकहरुलाई लक्षित गरिने यो फुड फेस्टिवल आयोजना गरिएको हो,उनले भने ।

खाना महोत्सव (फेस्टिवलको) उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गर्ने कार्यक्रम तय गरिएको एशोसिएशनका सल्लाकार लिलाराज लावतीले जानकारी दिए । महोत्सव अवधिभर माउण्टेन हेलिकप्टरले भेडेटारबाट हेलि टुरको व्यावस्था गरिएको एशोसिएसनले जनाएको छ । ‘हेलिकप्टरबाट पाथीभरा, हलेसी र इच्छुकहरुले चाहेको ठाउँमा जाने व्यावस्था गरेका छौं,’उनले भने,‘यसपटक माउण्टन हेलिकप्टर्स कम्पनीसंग सम्झौता गरेका छौं , भेडेटार सहित आसपासका क्षेत्रहरुको अवलोकन गर्न प्याकेजको व्यावस्था मिलाएको छौं’ लावतीले भने । प्याराग्लाइडिङ, साइक्लिङ, ¥याफ्टीङ, हाइकिङ समेत फेस्टिवलमा हुने सल्लाहकार लावतीले जानकारी दिए ।

फेस्टिवलमा जावलाखेल ग्रुप अफ इष्ड्रष्ट्रिज मुख्य प्रायोजक रहेको छ । साँगुरीगढी गाँउपालिका भेडेटार र बराह ग्रुप भेडेटार शाखा सहयोगी रहेको छ । यस्तै, नेपाल पर्यटन बोर्ड प्रर्वद्धक रहेको छ । भेडेटारमा करिब ६५ वटा ठुला होटोलहरु सञ्चालनमा रहेका छन् । ती ६५ वटा होटलको डिलक्स रुम, सामान्य गरी ४ सय कोठा रहेको होटल व्यवसायीहरु बताउँछन् ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button