राजनीतिसमाचार

सांसदले कार्यालय प्रमुखलाई दियो मार्ने धम्की

[mashshare]

सर्लाही,

सांसदले कार्यालय प्रमुखलाई ज्यान धम्की दिएको छ । सर्लाही क्षेत्र नम्बर ३ प्रदेश ९ख० का प्रदेश सभा सदस्य सञ्जय यादवले कविलासी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार महतोलाई ज्यान मार्ने धम्की दिएको हो । अभिकृत महतोलाई धम्की दिएपछि एक सातादेखि कार्यालयको कामकाज ठप्प भएको छ ।

सदस्य यादवले आफूअनुकूलको काम नगरेकाले आफूलाई पटकपटक ज्यान मार्ने धम्की दिँदै आएको प्रशासकीय अधिकृत महतोले आरोप लगाएका छन् । आफूले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार नगर कार्यपालिकाले नगरसभाबाट अनुमोदन गरेको योजना कार्यान्वयन गर्न खोज्दा प्रदेशसभा सदस्य यादवले धम्क्याउने गरेकोले आफू त्यस ठाउँमा बसेर काम गर्न नसकेको अधिकृत महतोको भनाइ छ । नगरपालिकामा बसेर काम गर्ने वातावरण नभएकाले सरुवाका लागि अधिकृत महतो अहिले संघीय राजधानी काठमाडौंमा छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button