पर्यटनसमाचारहेडलार्इन

हिउँ खेल्न र सेल्फी खिच्नकै लागि छिमेकी देश भारत बंगला, बिहार देखि तराईका पर्यटक पुगे तिनजुरे मिल्के, भिडियो सहित ….

[mashshare]

तेह्थुम, दिल बहादुर राई

भारत देखि तराईका हजारौं पर्यटकहरु हिउँ खेल्न र हिउँमा सेल्फी खिच्न आईतबार तेह्रथुमको तिनजुरे मिल्के पुगेका छन् । भारतको वयस्ट बंगला,बिहार लगायत नेपाल तराईका जिल्लाहरुका हजारौं आन्तरिक तथा बाह्य पर्यटकहरुले लाँलीगुराँस नगरपालिका वार्ड नं. १ का डाँडा देखि मिल्के भन्ज्याङसम्मका सडक र आसपासका डाँडाकाँडा ढाकेका थिए ।

गत शुक्रबार देखिको हिमपातले सेताम्मे बनेको तेह्रथुमको तीनजुरे क्षेत्रमा हजारौं आन्तरिक तथा बाह् पर्यटकहरु हिउँमा रमाउदै फोटो खिच्नेको घुईचो लागेको देखिन्थ्यो  । तीनजुरे क्षेत्रमा हिउँ खेल्न सुनसरीको धरानबाट रुद्र शंकरको ठुलो टोली पुगेका थिए । ‘केही दिन देखि तिनजुरे मिल्केमा हिउँ परेको थाहाँ पायौं अनि हामी धरानबाट गाडी रिजभ गरेर ५०।६० जनाको टोली आएका छौं ।’ शंकरले कोशीपोष्ट डककम संग कुरा गदै भने । त्यसैगरी दुहबीस्थित सिद्धार्थ बैंकमा कार्यरत समिर चेम्जोङको समूह नै आरआर गार्डेन आइपुगेको थियो । उनीहरू हिउँमा विभिन्न आकृति बनाएर रमाए । पहिलो पटक हिउँ देखेको साह्रै रमाइलो भयो,ु उन्नति पोखरेलले भनिन् । उनीहरू हिउँमा सेल्फी खिचेर सामाजिक सञ्जालमा पोस्ट गरिरहेका देखिन्थे । आईतबार अन्य दिनको तुलनामा सयौं सवारी साधनहरु पूर्वी तराईका विभिन्न जिल्लाबाट तिनजुरे मिल्के आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तेह्थुमले जनाएको छ ।

हिउँ परेपछि स्थानीय पर्यटन र होटल व्यवसायी निकै उत्साही देखिन्थे  । हिउँ खेल्न आउने पर्यटकका कारण व्यवसाय बढेको वसन्तपुर भ्यु होटलका सञ्चाल प्रकाश श्रेष्ठले बताए । सडकदेखि डाँडापाखा, जंगलसम्मै पर्यटकको चहलपहल देखेर दंग थिए श्रेष्ठ । भ्रमण वर्षको शुरुआती दिनमै पर्यटक बढेपछि पर्यटन व्यवसायमा उत्साह थपिएको होटल याकका सञ्चालक पेम्बाछिरीङ भोटियाले बताए । तेह्रथुमको उच्च क्षेत्रमा प्रत्येक वर्षजसो हिउँ पर्छ । यस वर्ष दोस्रो पटक हिउँ परेको स्थानीयहरु बताउँछन् । पूर्वी तराई र भारत, विहारबाट नजिकै रहेको तीनजुरे, मिल्के, जलजले क्षेत्रमा आईतबार हजारौं आन्तरिक तथा बाह्या पर्यटक भित्रिएको व्यवसायीहरुको भनाई छ ।
कोही जिप भाडामा लिएर, कोही मोटरसाइकल त कोही सोही रुटमा चल्ने बसमा हिउँ खेल्न पुगेका थिए । तीनजुरे डाँडामा रहेको पाथीभरा मन्दिर दर्शन गर्न, फिल्म सुटिङ र घुमफिरका लागि पनि हजारौं आउने गरेको प्रदेश सांसद लक्ष्मण तिवारीले बताए । बसोबास र खान्तेपिन्तेका लागि पर्याप्त होटल तथा लज भने छैनन् । रोजे जस्तो होटल र खाना(नास्ता नपाएकै कारण पर्यटकहरु खिन्न देखिन्थे । पर्यटकीय क्षेत्रमा स्तरीय र पर्याप्त होटल नहुँदा बर्षेनी पर्यटकले समस्या भोग्दै आएको पर्यटन व्यवसायी धर्मराज खड्काले बताए । ‘यहाँ गुफापोखरी, चौकी, मिल्के, जलजले, मुडेशनिश्चरे, लसुने तीनजुरे, पटेकडाँडा, मार्गापोखरी लगायत पर्यटकीय स्थल छन्।्’ व्यवसायी खड्काले भने ।
तीनजुरे, पटेकडाँडा, मेन्छयायाम डाँडालगायत स्थानबाट सूर्योदय, सूर्यास्त र हिमालको सुन्दर दृश्य देखिने गरेको धरानबाट आएकी अन्जना राईले बताईन् । यहाँबाट कुम्भकर्ण, मकालु, कञ्चनजंघा, सगरमाथा लगायतका हिमश्रृखला अवलोकन गर्न सकिन्छ । चौंरीको छुर्पी, चिज, चौंरीको घ्यु, लेकाली फलफूलको वाइन, गुराँसको जुस, ढाका र खाँडीको कपडा, खुकुरी, लोकल कुखुरा, सुकुटी लगायत कोशेलीको रुपमा खरिद गरेर पर्यटकहरु फर्कने गरेको स्थानीय व्यवसायीहरु बताउँछन् ।

शनिबार संखुवासभा, तेह्रथुम र ताप्लेजुङ प्रवेश गर्ने नुनथला,तिनजुरे मिल्के धनकुटाको सिधुवा,तेह्रथुमको बसन्तपुर लगायतका क्षेत्रमा हिउँले छपक्कै ढाकेको थियो । गुफापोखरी घुम्न हिडेका होटल एशोसिएशन भेडेटारका सहकोषअध्यक्ष तथा होटल बृद्ध इनका सञ्चालक रामकाजि गुरुङ्ग तिनजुरे मिल्केमा बाक्लो हिउँ परेर सडक अबरुद्ध भएका कारण मिल्के बाट फर्किएको बताए । ‘गुगलमा मौसमको तापक्रम हेरेर गुफापोखरी हिडेको थिए । सिधुवा सम्म आफ्नै सवारी साधन लिएर एक जना संचारकर्मी साथी संग गए सिधुवामा गुफापोखरी जाने सानो सवारी साधन पाईन्छ भन्ने सुनेको थिए त्यहाँ गएर बुझ्दा देराली बाट कुनै पनि सवारी साधन जादैन भनेर ड्राईभरहरुले सुनाए त्यसपछि हामी देउराली सम्म आफ्नै सवारी साधनमा गयौं त्यहाँ सवारी साधन राखेर हामी पैदल यात्र मार्फत मिल्के पुग्यौं त्यहाँ पुगेर संचारकर्मी साथीले हिउँ खेल्न आएका पर्यटकहरु संग अन्तरवार्ता लिन थाल्नु भयो म हिउँमा खेल्न थाले हिउँ खेल्न भारत लगायत तराई जिल्लाका मानिसहरु आएका थिए ।’ सहकोषअध्यक्ष गुरुङ्गले कोशीपोष्ट डटकम संग कुरा गदै भने ।

   Mo,   9817372618     purwanchal dbr Tv   थप मनोरञ्जन जानकारीका लागि  Youtube मा video

 

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button