
पाख्रिवास,
पाख्रिवास नगरपालिका भित्र एक घर एक क्रियाशिल सदस्य कम्तिमा बनाउने अभियान संचालन गर्दै संगठनलाई शसक्त र सुदृढीकरण गर्ने निर्णय गर्दै पाख्रिवास नगर सम्मेलन सम्पन्न भएको हो । सम्मेलनको उद्घाटन कार्यक्रममा विभिन्न पार्टीहरुबाट नेपाली कांग्रेसमा यूवाहरु प्रवेश गरेका छन । यस भन्दा अघि पनि पाख्रिवासमा पटक पटक गरी २ सय २७ जना यूवाहरु नेपाली कांग्रेसमा प्रवेश गरीसकेका छन ।
नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव तथा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राईले पाख्रिवास नगर सम्मेलनको उद्घाटन गर्दै पाख्रिवास नगरको विकास र समृद्धी अव कांग्रेसले गर्ने बताए । राजनैतिक कान्ति पुरा गरेको कांग्रेसले अव आर्थिक कान्तिको पनि नेतृत्व गर्दै सम्पन्न गर्ने उनले बताए ।
नेपाली कांग्रेस पाख्रिवास नगर कार्य समितिका सभापति कोपिन मानन्धरको अध्यक्षतमा सम्पन्न भएको नगर अधिवेशनमा जिल्ला सदस्यहरु ज्ञानु गुरुङ्ग,जयन्द्र घिसिङ्ग,नेपाल शिक्षक संघ धनकुटकामा पूर्व अध्यक्ष विश्वनाथ दाहाल,नेपाली कांग्रेसका क्षेत्रिय सचिव हरी वहादुर राई,नेपाल महिला संघ धनकुटका उपाध्यक्ष अम्विका धमला,नेपाल तरुण दल धनकुटका उपाध्यक्ष यूवराज पराजुलीले नेपाली कांग्रेसलाई अव पाख्रिवासमा नया ढंगबाट संगठन विस्तार र सुदृढीकरण गर्दै सक्रिय र सशक्त बनाउनु पर्नेमा जोड दिएका थिए
सम्मेलनमा स्वागत मन्तव्य नेपाली कांग्रेस पाख्रिवास नगर कार्य समितिका उपसभापति प्रेम भण्डारीले गरेका थिए । कार्यक्रमको संचालन सचिव चन्द्र वस्नेतले गरेका थिए । पाख्रिवास नगर सम्मेलनमा पाख्रिवासका १० वटै वडाहरुका सभापतिहरुले वडाको संगठनको स्थिति र नया क्रियाशिल सदस्यता वितरण सम्वन्धि आ आफ्नो धारणा राख्दै क्रियाशिल सदस्यता वितवरणमा व्यापकता ल्याउनु पर्ने बताए ।
सोही समारोहमा नेकपा लगायत विभिन्न पार्टी परित्यान गरी नेपाली कांग्रेसमा प्रवेश गर्नु हुने राजेन्द्र महरा लगायत एक दर्जन भन्दा बढीलाई जिल्ला पार्टी सचिव विजय सन्तोषी राई, सदस्यहरु ज्ञानु गुरुङ्ग,जयन्द्र घिसिङ्ग,नेपाल शिक्षक संघ धनकुटकामा पूर्व अध्यक्ष विश्वनाथ दाहाल,नेपाली कांग्रेसका क्षेत्रिय सचिव हरी वहादुर राई, तरुण दल धनकुटका उपाध्यक्ष यूवराज पराजुली लगायतले फुल माला अविर लगाई दिई स्वागत गर्दै नेपाली कांग्रेसको सदस्यता प्रदान गरिएको थियो ।