पानवारी,
पाचौं भलिभब पानवारी रनिङ कप प्रतियोगिता हुने भएको छ । सुनसरीको पानवारीमा प्रतियोगिता हुने भएको हो । २०७२ साल बाट शुरु भएको पानवरी भलिवल रनिङ कप प्रतियोगिताको ५ औ संस्करण यहि माघ ६ गते बाट शुरु हुने मंगलबार पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको छ । २०६८ सालमा गठन भएको बोइज युनियन क्लव ले लोप हुँदै गईरहेको अवस्थामा भलिवल खेललाई सरक्षण गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको क्लवका अध्यक्ष एसपजङ रुम्दालीले जानकारी दिए ।
सरकारले राष्ट्रिय खेलको घोषणा गरेसङै भलिबलको महत्व बढेको महशुुस भएकै कारण पाचौ संस्करण सम्म आइपुगेको क्लबका महासचिव केदार बस्नेतले बताए । प्रदेश १ स्तरिय प्रतियोगिताको चौथौ संस्करण सम्म सफलता पुर्वक सम्पन्न भएको रनिङ् कपको हरेक संस्करण मा पुरस्कार राशी समेत बढाईएको छ ।
पहिलो संस्करण मा प्रथम पुरस्कार १५ हजार रुपैया रहेको प्रतियोगिताको ५ औ संस्करण सम्म आइपुग्दा प्रथम पुरस्कार ७५ हजार पु¥याईएको आयोजकले पत्रकार सम्मेलन जानकारी दिएका हुन् । प्रत्येक खेलको म्यान अफ दि म्याचले २ हजार ५ सय पाउनेछ । साथै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १० हजार, उत्कृष्ट स्पाइकर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट डिफेन्स र उत्कृष्ट प्रशिक्षक सबैलाई जनही नगद ५ हजार दिइने आयोजक क्लबका महासचिव बस्नेतले जानकारी दिए ।
प्रतियोगितामा १० टिमको सहभागिता हुने आयोजकले जानकारी दिएको छ । १ नं. प्रदेश प्रहरी विराटनगर, महेन्द्र क्याम्पस धरान, सशस्त्र प्रहरी बल पकली, याङशिला युवा भलिबल टिम मोरङ, फुङ्नाम स्पोर्टिङ क्लब इलाम, नेपाल आर्मी इटहरी, डुम्राहा क्लब रामधुनी, भोजपुर भलिबल क्लब भोजपुर, डाँडाबजार भलिबल क्लब धनकुटा र आयोजक क्लब सयपत्री बोइज युनियन गरी १० वटा टिमले सहभागिता जनाउने संस्थाका महासचिव केदार बस्नेतले जानकारी दिए । चौथो संस्करण गत वर्षको प्रतियोगितामा आयोजक सयपत्री बोइज युनियन पहिलो भएका थिए भने भोजपुर भलिवल क्लब भोजपुर उपविजेता भएका थिए ।