समाचारस्वास्थ्य

धनकुटामा आँखा अस्पताल स्तरीय र प्रभाकारी बनाईन्दै

[mashshare]

धनकुटा,

धनकुटामा आँखा अस्पताल स्तरीय र प्रभकारी बनाईनु पर्ने सहभागीहरुले बताएका छन् । नेपाल नेत्र ज्योती संघ धनकुटाले संचालन गरेको डा. राम प्रसाद आखा अस्पतालको आखा उपचार सेवालाई स्तरीय बनाउदै पूर्वी नेपालकै नमुनाको रुपमा संचालन गर्ने शुक्रबार धनकुटामा आयोजित अन्र्तक्रिया कार्यक्रममा सहभागीहरुले वताएका हुन ।

अन्र्तक्रिया कार्यक्रममा पूर्व मन्त्री तथा संविधान सभा सदस्य सुनिल वहादुर थापाले आखा जस्तो संवेदनिल र अत्यन्तै महत्वपूर्ण अंगको रुपमा रहेकाले आखाको उपचारलाई पहिलो प्राथमिक्ता दिनु पर्नेमा जोड दिएका थिए । धनकुटामा डा. राम प्रसाद आखा अस्पतालबाट भैरहेको सेवालाई थप प्रभकारी र स्तरीय बनाउन आफुले सहयोग गर्ने वताए । नेपाल अर्वुद्ध रोग निवारण संस्थाका केन्द्रिय अध्यक्ष लोकेन्द्र (इश्वर) श्रेष्ठले अस्पतालको सेवा विस्तारमा आ आफ्नो क्षेत्रबाट सहयोग गर्नु पर्ने बताएका छन् ।

संघका अध्यक्ष रोशेष श्रेष्ठ,कोषाध्यक्ष परेन्द्रलाल श्रेष्ठ,डा। राम प्रसाद पोखरेल आखा अस्पताल समितिका अध्यक्ष लिला मिश्र,नेपाल नेत्र ज्योती संघ धनकुटा शिविर व्यवस्थापन तथा प्रचार प्रसार समितिका संयोजक विजय सन्तोषी राई,सदस्य रेणु श्रेष्ठ,पत्रकार महासंघ धनकुटका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ लगायतले जिल्लामा भएको डा.रामप्रसाद पोखरेल आँखा अस्पतालको सेवालाई विस्तार र प्रभावकारी बनाउन सवैको सहयोग आवाश्यक रहेको बताएका छन् । संघका अध्यक्ष रोशेष श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको अन्र्तक्रिया कार्यक्रममा अस्पतालका साहयक डोनराज गुरुङ्गले स्वास्थ्यकर्मीहरु र अस्पतालको गतिविधि वारे जानकारी दिएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button