चार हजार ६ सयमा ६ कट्ठा जमिन, भिडियो सहित

दिल बहादुर राई÷ मोरङ,
२०४४ सालमा स्वार्गीय राजा बिरेद्रले दिएको बक्सि पाएका राई अहिले करोडको मालिक बनेका छन् । ०४४ सालमा ’राजा खानेपानीको उद्घाटन गर्न लेटाङ आएको बखत लेटाङ नगरपालिका कमलपुर — ३ का मनिहर्क राईले आफैले बनाएको काठको साईकल गुडाएर राजालाई देखाएका थिए । राईको कला देखेर राजाले पुस्कार स्वरुप २ हजार ५ सय र मन्त्रीले ५ सय मन्त्रीले दिएका थिए । ‘त्यो बेला राजाबाट पाएको बक्सिमा मैले १ हजार ५ सय थपेर ६ कट्ठा जमिन खरिद गरेको थिए त्यस बेलाको पैसा महँगो थियो अरु जिनिस सस्तो थियो राजाले दिएको चिनो सम्झेर अहिले सम्म त्यो जमिन खाईमासी गरेको छुईन, जिवनमा समस्या परेको बेला पनि त्यो जग्गा बेच्ने मन गरिन सम्झे राजाले दिनु भएको चिनो हो । समय बिस्तारै बद्लिन्दै गयो त्यो बेला मैले पैतालिस सयमा किनेको जग्गा अहिले करोड बराबरको मुल्य भएको छ’ राईले सुनाए ।
‘०४४ मा म १९ वर्षको थिए जवान थिए पछि विवाह भयो त्यसपछि सबै बिदेश जाने लहर चलेकाले म पनि ०४७ सालमा बराईन तिर लागे बिदेशमा लामो समय बसे उता बस्दा मैले सुपरभाईजरको काम गरे त्यो बेला सय डलर नेपाली १० हजार कमाई हुन्थ्यो, पछि पछि कमाई बढ्दै गयो माहिनको ५० हजार सम्म कमाउन भ्याए १५ वर्ष बिदेश बसेर नेपाल फर्के दुःख सुख जिविकोपार्जन हुदै गयो छोराछोरीको शिक्षा दिक्षामा नै कमाई खर्च भयो सबै नानीहरुले पढाई सके अहिले ठुली छोरीको विवाह भईसक्यो मेरो ४ जना बालबच्चा हुन्, ३ जना छोरी १ जना छोरा हो ’ राईले बिदेशमा गरेको दुःख सम्झदै छोराछोरीले राम्रो पढेको खुशी बाँडे ।
‘लेटाङ कमलपुरमा सबै लाहुरेहरुको बस्ती थियो त्यसैले राजा खानेपानी उद्घाटन गर्न आउनु भएको आफू त लाहुरे हुन सकिएन छोरालाई लाहुरे भएको हेर्ने मन थियो त्यो आज पुरा भएको छ’ राईले सुनाए । एक जना छोरीको मात्र विवाह गरी दिएएको छु बाँकी ३ जना नानीहरुको विवाह गरी दिनु छ चारकोशे झाडीको बिचमा बसीरहेकाछौं । अहिले पनि उही काठको काम गर्छु नेपालमा पनि सुपभाईजर काम गदैछु’ उनले जिविकोपार्जन बारे बताउदै भने । म ईन्जिनियर पनि हुँ । काठ सम्बन्धी सबै काम गर्छु काठमा अक्षर खोप्ने देखि घरको नक्सा पनि बनाउछु । ‘सुनिन्छ महाविर पुनलाई सबैले सहयोग गदै छन् रे खै हामी जस्तालाई कस्ले सहयोग गर्ला र सहयोग पाए, पैसा भए महाविर पुनले जस्तै राष्ट्रिय आविष्कार केन्द्र खोल्ने सोच राखेको छु काम गदै जाऊ के हुन्छ पहिलाको जस्तो काम गर्न कठिन हुन्छ ’ राईले आफ्नो सोच र कल्पना संगै उमेरले छोड्दै गएको पनि कोशीपोष्ट डटकम खबर संग कुरा गर्ने क्रममा बताए ।
‘साईकलको अडर धेरै आएको थियो बनाएर दिन भ्याइन त्यो काम मात्र गरेर हुदैन त्यो भनेको फुसर्दको बेला बनाउने हो । अहिले पनि साईकलको अडर छ । तर मैले भ्याएको छैन,पैसा दिएर बनाउनु लगाए म १० हजारमा काठको साईकल बनाएर दिन सक्छु । राईले काठको साईकल पहिलाको भन्दा राम्रो बनाउने बताए । मनिहर्क राईले काठको साईकल मात्र बनाएका छैनन् उनले धान झार्ने मेशिन लगायत बिधुतले चन्ले विभिन्न मेशिनहरु बनाएका छन् । राज्यले मनिहर्क राई जस्ता ईन्जिनियरहरुलाई एक ठाँउमा राखेर मेशिन बनाउन आवश्यक पर्ने औजार र लागत रकम उपलब्ध गराउने हो भने विभिन्न मेशिन खरिदका लागि बिदेश जाने रकम रोकिनुको साथै महाविर पुनले जस्तो विदेश गएका कामदारहरुको सहयोगको अपेक्ष गर्नु पर्ने थिएन