भिजिट नेपाल २०२० लाई सफल बनाउन वाबु लन्ज एण्ड बारको आयोनामा साङ्गीतिक कार्यक्रम सम्पन्न

दिल बहादुर राई ,धरान
यलम्बर सम्वत् ५०८० को अवसरमा वाबु लन्ज एण्ड बारको आयोजनामा शम्भु राईको एकल साँझ साङ्गीतिक कार्यक्रम सम्पन्न भएको छ । सुनसरी धरानको बगरकोटमा अवस्थित वाबु लन्ज एण्ड बारमा शम्भु राईको एकल साँझ कार्यक्रम सम्पन्न भएको हो । भिजिट नेपाल २०२० लाई सफल बनाउने उद्देश्यले राई जातिहरुको मौलिक खानाको स्वाद दिदै आएको वारले चर्चित वरिष्ठ गायक शम्भु राई लाई ढाकेर शनिबार बेलुका एकल साँझ कार्यक्रम गरेको छ ।
वरिष्ठ गायक तथा संगीतकार शम्भु राई धरानको बगरकोट आउने चाल पाएपछि अरु बेला भन्दा शनिबार बारमा दर्शक र ग्राहकको भिड देखिन्थ्यो । राईले ‘घर हाम्रो पूर्वकै धरान विजयपुर सिरैमा हितैको मायाले भुलेउकी परियो पिरैमा बोलको गीत शुरु गरेपछि बारमा आएका दर्शकहरु हर्षित् देखिका थिए । राईले गीत गाउन शुरुगरे संगै वारमा प्रवेश गरेका दर्शक तथा ग्राहक नाच्दै राई जातिको परिकार वाचिपा अर्थात –तिते), सरुवा र साइला खुई खानामा व्यस्त देखिन्थे ।
राईले म लामो बोल्दीन तपाईहरुलाई केही नयाँ तथा पुराना गीतहरु गाएर सुनाउँछु भन्दै दोस्रो गीत ‘जिन्दगीको के छर भर वाचीन्जेल गरी देऊ रहर,थुन्चेको भारी बिसाउदै चिन्डोको विक्रो खोलन,चिट्ठी तिमीलाई लेखु भन्छु,चलेछ बतास सुस्तरी मनै हरर भरोसा छैन जिवनको बिताऊ जिवन हासेर त्यसैगरी घर त हिले हो चाहिदैन सम्पति दिल मिले भो लगायतका १ दर्जन बढी गीत गाएर वाबु लन्ज बारमा आएका दर्शक तथा ग्राहकलाई लट्टा बनाए थिए ।
यलम्बर सम्वत् ५०८० को अवसरमा भिजिट नेपाल २०२० लाई सफल बनाउन शम्भु राई एकल साँझ कार्यक्रमको आयोजना गरिएको वाबु लन्ज एण्ड बारका संचालक रमेश राईले बताए । बारमा हरेक वर्ष यलम्बर सम्वतको अवसरमा साङ्गीतिक कार्यक्रम गदै आएकाले यस वर्ष पनि सांगीतिक कार्यक्रमलाई निरन्तरता दिएको उनले जानकारी दिए ।
साङ्गीतिक कार्यक्रम संगै किराती राईहरुको जातीय मौलिक खानाको परिकारहरु पनि ग्राहकलाई उपलव्ध गराएको सञ्चालक राईले बताए । ‘यलम्बर सम्वत ५०८० र सोनाम लोछार हाम्रो सस्कृति र परम्परागत चाडहरु हुन्, यस्ता पर्वलाई हामीले संरक्षण र प्रवद्र्धन गर्नु आवश्यक छ, यो कुरा अवको पुस्ताको लागि शिक्षा बन्नेछ’ राईले संस्कार, संस्कृतिलाई जोड्दै भने । एकल साँझलाई गोर्खा ब्रुअरी प्रा.लि. ले प्रायोजन गरेको उनले सुनाए ।
आफ्नो संस्कार संस्कृति जगेर्ना गर्ने लक्ष्य राखेर राईहरुको मौलिक खानाको स्वाद दिन विगत २ वर्ष अघि धरानको बगरकोटमा पहिलो चोटी करिब २ करोडको लगानीमा वाबु लन्ज एण्ड बार रेष्टुरेष्ट संचालनमा ल्याएको संचालक राईले जानकारी दिए । ‘हामी राई जातिहरुले सदियौंदेखि प्रयोगमा ल्याएका वाचिपा अर्थात (तिते), सरुवा र साइला खुई यी ३ वटा परिकारलाई हाम्रो वारमा विशेष प्राथमिकता दिएकाछौं । यही परिकार चाख्न हाम्रो रेष्टुरेष्टमा ग्राहकहरु आउँछन्’ संचालक राईले कोशीपोष्ट डटकम अनलाईन खबरलाई बताए ।