
धरान,
सुनसरीको धरानमा युवा बचाऊ अभियान संस्थाले सहयोगी सांगीतिक कार्यक्रम गर्ने भएको छ । संस्थाले आगमी फागनु १ गते धरानको बगरकोटमा कार्यक्रम गर्ने भएको हो । युवा बचाऊ अभियानलाई निरन्तरता दिन असाया,असक्त र दिन दुखीलाई सहयोग गर्ने लक्ष्यले सहयोगी सांगीतिक कार्यक्रमको आयोजना गरिएकोे संस्थाका अध्यक्ष रमेश राईले जानकारी दिए ।
‘मेरो गेटअप देखेर धरानका मान्छेहरु यस्ताले पनि सहयोग गर्छर भन्छन् यो मेरो रहर मात्र हो मैले नाक, कान, ओठ, गाला, आँखा लगायत शरीरको विभिन्न भागमा छेडेपनि यो मेरो शौख मात्र हो मलाई कसैले शरीर छेड्नु पर्छ कुण्डल,मुद्रा लगाउनु पर्छ भनेका छैनन् । कुण्डल र मुन्द्रा लगाउदैमा मान्छे भित्ती, काम नलाग्ने हुदैनन् कसै कसैको रहर नै यस्तै हुन्छ त्यही रहर म मा पनि आयो’ संयोजक राईले कोशीपोष्ट अनलाईन डटकम संग कुरा गदै भने ।
अध्यक्ष राईले आफु जस्ता थुप्रै युवा युवतीलाई संगठित गरेर युवा बचाऊ अभियान संस्थालाई अघि बढाएका छन् । हामी साथीहरू मिलेर युवा बचाऊ अभियानलाई अगाडी बढाईरहेकाछौं उनले भने । ‘झट्ट कसैको नजरमा मुद्रा लगाएको, कपाल पालेको, चुस्स दाह्री पालेको, टयाटु खोपेको युवा देखेपछि नकारात्मक सोचिहाल्छन, यो त लफुङ्गा काम नलाग्ने, भित्ती होलान् भनिठान्छन, पहिलो भेटमा मैले पनि त्यही सोचे तर उहालाई मैले राम्ररी चिने समाजले हेर्ने नजर भन्दा फरक पाए त्यसैले म पनि युवा बचाऊ अभियान संस्थामा जोडिए संस्थाका सदस्या प्रिंयका तिवारीले बताईन् ।
‘सामाजिक सञ्जालमा युवा बचाऊ अभियानको पेज बनाएर सबैलाई जानकारी दिँदै आएकाछौं समाजमा देखिएका गरिब, दुःखी, असहायलाई हामीले सककेको सहयोग गरीरहेकाछौं ’ उनले सुनाईन् । ‘कोही बिरामी भएर सिकिस्त छन् , उनीहरूलाई अस्पताल सम्म पुगेर सहयोग गरेका छौं ठुलो रकम आवश्यक परेको बखत देश विदेशमा रहेका साथीभाईहरु सहयोग माग्छौं ।, हामीहरुले संकलन गरेको रकम र दाताहरूले दिएको रकम आफ्न्तविहिन र असाहयलाई दिन्छौं ’ तिवारीले सुनाईन् ।
‘हामीले यसअघि केराबारी मोरङका विनय भुजेललाई एक लाख १० हजार दिएर सहयोग गरिसकेकाछौं, भुजेल किड्नी फेल भएर आर्थिक अभावमा छट्पटाइरहेको थियो, हामीले सहयोग गरेपनि उहाँलाई बचाउन सकेना’ै संस्थाका सदस्या सुरेन्द्र राईले बताए । त्यस्तै पानबारीका अर्का घाटीको अप्रेशन परेका बिरामीलाई पनि हामीले ६ हजार ५ रूपैयाँ सहयोग गरेका थियौं’ राईले सुनाए ।
‘शान्ति र विकास नेपालीको चाहना’ नाराका साथ अहिले युवा बचाऊ अभियानले धरान –१५ बगरकोटमा रहेको ह्याभन लन्ज एण्ड बारमा रयापर एमआरडीलाई ल्याएर कार्यक्रम गर्ने आयोजकको भनाई छ । कार्यक्रममा संकलन भएको रकम सामजिक क्षेत्रमा लगाउने युवा बचाऊ अभियानका अभियान्ताहरु बताँउछन् ।