निः प्हुगाल (हामी भुजेल) भुजेल समुदायको कथामा आधारित नेपाली चलचित्र

दिल बहादुर राई / धरान
धरानमा भुजेल भाषाको पहिलो नेपाली चलचित्र निः प्हुगाल अर्थात् (हामी भुजेल ) प्रदर्शन गरिएको छ । धरानका जनप्रतिनिधि, कलाकार, पत्रकार लगायतको उपस्थितिमा शनिबार साँझ धरान –१२ स्थित होटल पूर्वीमा विशेष प्रदर्शनी आयोजना गरिएको हो । चलचित्रको माध्यमबाट भुजेल भाषा लिपिलाई जर्गेन ागर्न योगदान पु¥याएको भन्दै प्रदर्शनी कार्यक्रममा भुजेल समाज सुनसरीले कलाकार लाई सम्मान गरेका थिए । चलचित्रको माध्यमबाट भुजेल भाषा संस्कृतिको संरक्षण गर्न निः प्हुगाल (हामी भुजेल) नेपाली चलचित्र निमार्ण गरेको निर्माताका टिमले जानकारी दिए ।
भुजेल समाजमा रहेका परम्परा, संस्कार संस्कृतिलाई चलचित्रको माध्यमबाट जनतामाझ उतारेकोले कलाकारको प्रोत्साहनका लागि उनीहरूलाई सम्मान गरिएको आयोजक भुजेल समाजका सुनसरी अध्यक्ष रवि भुजेलले बताए । सम्मानित हुनेहरूमा चलचित्रका नायक भीम भुजेल, सहनायक सुरज भुजेल, ज्ञानु भुजेल, सुरेन्द्र भुजेल तथा नेपाली चलचित्र छिरिङ नायिका कामना भुजेल रहेका छन् । प्रदर्शनीका प्रमुख अथिति र धरानका नगर उप प्रमुख मञ्जु भण्डारी (सुवेदी)लगायतले उनीहरूलाई सम्मान गरे ।
नेपालमा जातीय पहिचान लोप हुँदै गइरहेको बताउँदै भुजेल समुदायको समस्यालाई चलचित्रमा कलाकारले उतारेर शाहसिक काम गरेको धरानका उप प्रमुख मन्जु भण्डारी (सुवेदी)ले बताईन् । निःप्हुगाल –हामी भुजेल) यो चलचित्र माघ २७ गते सोमबार धरान ८ स्थित गोर्खा सिने कम्प्लेक्समा प्रदर्शन गरिने भुजेल समाज सुनसरीले जानकारी दिएको छ ।
भुजेल समुदायको पेसा बाँसको चोयाबाट डोको नाङ्लो बुनेर जिविका चलाउने पुख्यौली पेसाबाट अहिले पनि जीविका चलाउन सकिने चलचित्रले सन्देश दिएको मुख्य नायक भिम भुजेलले बताए । भुजेल समाज सेवा समिति केन्द्रीय र भुजेल चलचित्र संघ केन्द्रिय समितिको सक्रियतामा भकारी इभेन्ट प्रा.लि. को ब्यानरमा निः प्हुगाल (हामी भुजेल) चलचित्र बनेको नायक भुजेलले जानकारी दिए ।
सेवानुङ फिल्म प्रा.लि.को प्रस्तुती भुजेल भाषा र संस्कृतिमा आधारित पहिलो भुजेल कथानक चलचित्र रहेको छ । करिब ३ घण्टा बरबरको भुजेल भाषामा आधारित चलचित्र धराने दर्शक तथा भुजेल समुदायले चलचित्र हेरीसकेपछि राम्रो भएको बताएका थिए । पुजा भुजेल र भीम भुजेलको मुख्य अभिनय रहेको यस चलचित्रमा पार्वती भुजेल (मिनु) सचिन, पृथ्वी, लोकबहादुर, जुनु, अन्जली, कमल, कला, कविता, प्रतिक्षा, विज्ञान, जिबन, आषिक, बसुन्धरा, लाल बहादुर, रन्जु, बिष्णु, शोभा, सुरेन्द्र राज, भेष राज, कृष्ण, सागर, मनु र ज्ञानु भुजेल लगायत ६० जना कलाकारहरु रहेका छन् ।