
धरान,
धनकुटाको डाँडा बजारमा महोत्सव हुने भएको छ । फागुपूर्णिमाको अवसर पारेर डाँडा बजार महोत्सव २०७६ आयोजना हुने भएको हो । महोत्सव यही फागुन २४ गतेदेखि २७ गतेसम्म संचालन गरिने बिहिबार धरानमा पत्रकार सम्मेलन गरी आयोजक डाँडाबजार महोत्सव मुल आयोजक समितिले जानकारी दिएको छ ।
धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नम्बर ५ डाँडाबजार स्थित भानु माविको खेल मैदानमा महोत्सव संचालन गरिने आयोजकले जनाएको छ । उक्त महोत्सवमा विभिन्न जातिय परिकारहरूको साथमा सास्कृतिक कार्यक्रम हुने बताइएको छ । सास्कृतिक कार्यक्रममा राष्ट्रिय गायिका मेलिना राईको साथमा स्थानिय कलाकारहरुको समेत प्रस्तुति रहने आयोजक समितिका अध्यक्ष राजकुमार लिम्बुले जानकारी दिएका हुन् ।
विशेष गरी डाँडाबजार वरीपरी नजिक रहेका पर्यटकिय ठाउँहरुलाई चिनाउन महोत्सवको आयोजना गरीएको पत्रकार सम्मेलनमा बताइएको छ । डाँडाबजार वरीपरी नजिकै ध्वजे डाँडा, एसियाकै ठुलो बरको रुख, ओख्रे भ्यु टावर, भगीश्वर पार्क हात्तीढ्रङ्गे, जनजाति पार्क, गिद्धेभिर, हात्तीटार शहिद पार्क, भुकम्प मापन क्षेत्र, साइरेनी चर्च ओख्रे, होमस्टे लगायत पर्यटकिय क्षेत्रहरुको प्रचार प्रसार गर्नेे उदेश्यले ३ दिने महोत्सवको आयोजना गरिएको आयोजकको भनाई छ ।
महोत्सवमा सास्कृतिक मनोरञ्जनका साथै फुटबल प्रतियोगिताको समेत आयोजना गरिनेछ भने फुटबल प्रतिययोगितामा धरान र धनकुटाका ८ वटा टीमको सहभागीता रहनेछ । प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगरी उपविजेताले ५० हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक डाँडाबजार महोत्सव मुल समितिले जनाएको छ ।