
बेइजिङ,
चीनमा कोरोनाबाट संक्रमित हालसम्म २७ हजार ३ सय २३ जना मानिसहरु उपचारपछि पूर्ण स्वस्थ बनेको चीनको राष्ट्रिय स्वस्थ्य आयोगले मंगलबार बताएको छ । सोमबार सम्मको तथ्यांक सार्वजनिक गर्दै आयोगले मंगलबार उक्त जानकारी दिएको हो ।
सोमबार मात्र चीनमा २ हजार ५ सय ८९ जना उपचारपछि अस्पतालबाट घर फर्किएको स्वास्थ्य आयोगलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ । चिनियाँ अधिकारीहरुले कोरोनाविरुद्धको उपचारले पहिलेभन्दा राम्रो परिणाम दिइरहेको बताएका छन्।
मंगलबार बिहानसम्मको विश्व तथ्यांकअनुसार हाल कोरोनाबाट संक्रमितको संख्या ८० हजारभन्दा बढी पुगेको छ । मृतकको संख्या २ हजार ६ सय ९८ पुगेको छ । चीनमा मात्र ७७ हजार ६ सय ५८ जना कोरोनाबाट संक्रमित छन् । त्यहाँ मृतकको संख्या २ हजार ६ सय ६३ पुगेको छ ।