
दिल बहादुर राई/धरान
औद्योगिक व्यापार मेलाको तयारी पुरा भएको छ । धरान १२ स्थित पब्लिक हाईस्कुलको खेलमैदानमा यही फागुन १५ गते देखि २४ गते सम्म लाग्ने औद्योगिक व्यापार मेला २०७६ को अन्तिम
तयारी पुरा भएको हो । मंगलबार पत्रकार सम्मेलन गरी मेलाको तयारी पुरा भएको आयोजक समितिले जानकारी दिएको छ ।
गोर्खा ब्रुअरी प्रा.लि.को मुख्य प्रायोजन, ग्लोबल आईएमई बैकको प्रायोजन,बराहा ग्रुप र डिभाईन वाईनको सहप्रायोजन, नेपाल उद्योग बाणिज्य महासंघ, धरान उपमहानगरपालिकाको प्रर्वद्धन र एसियान थाई फुडस्, जिपिएस मोटरसाईकल, हेरिटेज कार्पेट,ताजा आईसक्रिम, बेबी आईसक्रिम, नेक्ड एक्सप्रेस, बागमति प्लाष्टिक उद्योग प्रा.लि. को सहयोगमा सुनसरी उद्योग बाणिज्य संघको आयोजनामा हुन लागेको औद्योगिक व्यापार मेलाको तयारी अन्तिम चरण पुगेको आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिइएको छन् । पर्यटन, कृषि, सुचना प्रविधि, कला संस्कृति, शिक्षा तथा औद्योगिक व्यापारको प्रर्वद्धन सहित आन्तरीक र वाह्य पर्यटक सहित ३ लाख बढीले मेलाको अवलोकन गर्ने आकलन प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
मेलामा बंैक तथा वित्तिय संस्थाका २ वटा, होटलका ५ वटा, ढाका, अल्लो, ह्याण्डीक्राप्टका ८ वटा, नर्सरीका २ वटा, महका ४ वटा, गार्मेन्टका ५ वटा, अग्र्यानिक अचार, चिया, ललिपको ९ वटा, अन्तराष्ट्रिय उत्पादन भारत, पाकिस्तान, बंगलादेशका १४ वटा, पुस्तक तथा स्टेशनरीका २ वटा, थोपा सिचाईको १ वटा, स्थानिय भवन निर्माणको १ वटा, भवन निर्माण कम्पनी आरएमसीको १ वटा, अटोमोवाईलका २ वटा, आइसक्रिमका २ वटा, बराहा ग्रुपको ६ वटा, विस्कुटको १ वटा, चाउचाउको २ वटा, स्वास्थ्य, पर्यटन, चित्रकलाका ३ वटा, दुगड फुडसको २ वटा, कस्मेटिकको १ वटा, प्लाष्टिकको भाडाको ३ वटा, वाईनको १ वटा, दुग्ध विकास संस्थानको १ वटा, कार्पेटको २ वटा र शैक्षिक संस्थाको १ वटा गरी जम्मा ८६ वटा स्टल रहने पत्रकार सम्मेलनमा औद्योगिक व्यापार मेलाका संयोजक शिवराज श्रेष्ठले जानकारी दिए । मेलाको उदघाटन संघीय सरकारका उद्योग बाणिज्य तथा आपुर्ति राज्य मन्त्री मोतिलाल दुगडले गर्ने संयोजक श्रेष्ठको भनाई छ ।